मंगलबार, १ जेठ २०८१

नेपालकै पहिलो फ्लाइओभर निर्माण सुरु, सवारीसाधनका लागि नयाँ रुट

समयपोष्ट २०७९ मंसिर २३ गते १०:३७

Advertisement

आजबाट ललितपुरको ग्वार्को चोकमा मुलुककै पहिलो फ्लाइ ओभर निर्माण सुरु भएको छ।

सडक विभागले ग्वार्को चोकमा फ्लाइओभर निर्माण गर्ने काम आजदेखि सुरु गरिएको जानकारी दिएको छ।

अन्तर्राष्ट्रिय मापदण्डअनुसार यस फ्लाइओभरको उचाइ ६ मिटर हुने छ भने लम्बाइ ५ सय मिटरको हुने छ ।

बालकुमारीबाट सुरु हुने फ्लाइ ओभर बी एण्ड बी अस्पतालमा टुङ्गिने छ ।

Advertisement

ग्वार्कोबाट इमाडोल र मंगलबजार जाने सवारी साधन फ्लाइ ओभरको तलबाट गुड्ने छन् भने सातदोबाटो हुदै कलंकी जाने सवारीसाधन फ्लाइओभरबाट गुड्ने छन् ।

१४ महिनामा निर्माण सम्पन्न हुने गरी एमरएस आशिष–समानान्तर (जेभी)ले ठेक्का पाएको छ ।

सवारीसाधनका लागि नयाँ रुट

फ्लाइ ओभर निर्माण सुरु भएसंगै उपत्यका ट्राफिक प्रहरी कार्यालयले काम सम्पन्न नहुन्जेलसम्मका लागि सवारी लेन तोकेको छ ।

कार्यालयका अनुसार कोटेश्वरबाट सातदोबाटोतर्फ जाने यात्रुबाहक, माहलबाहक तथा दुई पाङ्ग्रे सवारी साधनहरूलाई बालकुमारी पुलबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारी साधनहरूलाई फास्ट ट्रयाकबाट संचालन गरिने छ ।

कोटेश्वरबाट सातदोबाटो तर्फ जाने र आउने सम्पूर्ण सवारी साधनलाई ग्वार्को चोकभन्दा ६०० मिटर अगाडि र पछाडि सर्भिस लेन हुँदै चलाइने छ ।

बल्खुबाट सातदोबाटो हुँदै कोटेश्वरतर्फ आउने यात्रुबाहक, मालबाहक तथा दुईपाङ्ग्रे सवारीलाई बल्खुबाट सर्भिस लेनमा र साना चारपाङ्ग्रे सवारीलाई फाष्टट्रयाकबाट संचालन गरिने प्रहरी कार्यालयले जानकारी दिएको छ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री