शनिबार, ८ वैशाख २०८१

बार्सिलोना नजिकै रेल दुर्घटना

समयपोष्ट २०७९ मंसिर २१ गते २०:३६

Advertisement

स्पेनको बार्सिलोना नजिकैको एक स्टेसनमा बुधबार एउटा रेल अर्को रेलको पछाडिको भागमा ठोक्किँदा १५० भन्दा बढी व्यक्ति सामान्य घाइते भएका सरकारी अधिकारी र स्पेनको रेन्फे रेल अपरेटरले बताएका छन् ।

एसईएम क्षेत्रीय आपतकालीन सेवाहरूका अनुसार बिस्तारै चलिरहेको रेल स्थानीय समय अनुसार बिहान ७ः५० बजे दुर्घटना भएको थियो ।

एसईएमले ट्वीटरमा भनेको छ, “१५५ जना सामान्य घाइते भएका छन्, जसमध्ये ३९ जनालाई स्थानीय स्वास्थ्य केन्द्र वा अस्पतालमा थप परीक्षणका लागि लगिएको छ ।”

बार्सिलोनातर्फ जाँदै गरेको मोन्टकाडा इ रिक्साक–मान्रेसा स्टेसनमा दुई रेल आपसमा ठोक्किएका राज्य रेल अपरेटरका प्रवक्ताले एएफपीलाई बताउनुभयो ।

क्षेत्रीय दमकल सेवाका प्रवक्ताले सञ्चारमाध्यमलाई दिएको जानकारीअनुसार बार्सिलोनाबाट करिब १० किलोमिटर उत्तरमा पर्ने मोन्टकाडा स्टेसनमा रोकिराखेको रेललाई अर्को रेलले ठक्कर दिएको थियो ।

आपतकालिन सेवाका अधिकारी जोन कार्लेस गोमेजले घटनास्थलमा रहेका पत्रकारहरुसँग भन्नुभयो, “रेल निकै बिस्तारै गुडिरहेको थियो तर अर्को रेलमा ठक्कर खाएपछि उभिएका मानिसहरु लडेर घाइते भएका छन् ।”

उहाँले भन्नुभयो, “कूल १५५ जना सामान्य घाइते भएको र उनीहरूलाई सामान्य उपचारपछि थप समस्याबारे अध्ययन गर्न चिकित्सकको निगरानीमा को परीक्षण गरेका छौं । कोही पनि गम्भीर घाइते भएका छैनन् ।” “हामी धेरै चोटहरू र केही टाउकोमा चोटहरूको बारेमा कुरा गर्दैछौं, तर कसैको पनि गम्भीर समस्या देखिएको छैन ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री