शनिबार, ८ वैशाख २०८१

सीके राउत र राष्ट्रपति भण्डारीबिच भेटवार्ता

समयपोष्ट २०७९ मंसिर २० गते १७:१६

Advertisement

जनमत पार्टीका अध्यक्ष सीके राउतले राष्ट्रपति विद्यादेवी भण्डारीसँग भेटवार्ता गरेका छन् ।

राउतले मंगलबार शीतल निवास पुगेर राष्ट्रपतिसँग शिष्टाचार भेटवार्ता गरेका हुन् ।

भेटवार्ताका क्रममा देशको समसामयिक राजनीतिक निकासबारे कुराकानी भएको राउतले बताएका छन् ।

केही दिनयता राजनीतिक भेटवार्तामा लागेका राउतले नेपाली कांग्रेसका नेता विमलेन्द्र निधि, कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड,कांग्रेसका नेता एवं गृहमन्त्री बालकृष्ण खाँण,कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का, कांग्रेस पार्टीका प्रवक्ता डा.प्रकाशरण महत,नागरिक उन्मुक्ति पार्टी का रेशम चौधरी, नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, लोसपाका नेता शरतसिंह भण्डारी, लोसपाका वरिष्ठ नेता राजेन्द्र महतो, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायतका शिर्ष नेतालार्ई भेटिसकेका छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री