बिहीबार, १५ चैत २०८०

एक रात नबित्दै उल्टियो माओवादी केन्द्रको निर्णय

पत्रपत्रिका २०७९ मंसिर १९ गते ६:५६

Advertisement

एक रात नबित्दै नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले आफ्नो निर्णयको खण्डन गरेको छ । शनिबार पार्टीले गरेको निर्णय आइतबारको बैठकबाट उल्टिएको छ ।

पेरिसडाँडा, कोटेश्वरमा शनिबार बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा सरकार गठन गर्न सबै राजनीतिक दलसँग छलफल गर्ने निर्णय गरेको थियो । अध्यक्ष प्रचण्डकै नेतृत्वमा सरकार गठनका लागि सबै विकल्प खुला राख्ने निर्णय गरेका माओवादी केन्द्रको निर्णय आइतबारको बैठकबाट भने खण्डन गरिएको छ ।

पार्टी अध्यक्ष प्रचण्डको नेतृत्वमा सरकार निर्माणका लागि संसद्मा रहेका सबै दलसँग खुला रूपमा छलफल एवं सहकार्य गर्न सबै विकल्प खुला रहेको जानकारी पार्टीका उपाध्यक्ष एवं प्रवक्ता कृष्णबहादुर महराले बताएका थिए । तर आइतबारको बैठकपश्चात् पार्टी महासचिव देव गुरुङले पदाधिकारी बैठकले गठबन्धन दलको विकल्प नखोजेको भन्दै महराको अभिव्यक्तिको खण्डन गरेका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री