
प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र जनमत पार्टीका अध्यक्ष डा. सीके राउतबीच भेटवार्ता भएको छ ।
बिहीबार अपरान्ह डा राउत प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।
दुईबिच आपसी सहकार्यका विषयमा छलफल भएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।
भेटमा नेपाली कांग्रेसका उपसभापति र नेता विमलेन्द्र निधी पनि सहभागी थिए । निधीकै पहलमा भेटवार्ता भएको बुझिएको छ ।
भेटपछि ट्विट गर्दै निधीले सकारात्मक र परिणाममुखी वार्ता भएको उल्लेख गरेका छन् ।
निधीले लेखेका छन्,‘गठबन्धन र कांग्रेससंग संघीय र प्रदेश दुबै तहमा सहकार्य गर्ने र सरकारमा सामेल हुने सहमति भएको छ ।’










प्रतिक्रिया