शनिबार, १५ वैशाख २०८१

क्रिसमस मनाउन पुगेका सलमानलाई सर्पले डस्यो

समयपोष्ट २०७८ पुष ११ गते १५:१९

Advertisement

बलिउड अभिनेता सलमान खानलाई सर्पले डसेको छ ।

उनलाई मुम्बईस्थिति कमोठे इलाकास्थित एक अस्पतालमा बिहानै ३ बजे भर्ना गरियो । उपचारपछि उनलाई डिस्चार्ज गरिएको छ ।

उपचारपछि अभिनेता पुनः आइतबार बिहान ९ बजे आफ्नो फार्म हाउस फर्किए । हाल उनको स्वास्थ्य स्थिति ठिक भएको बताइएको छ ।

सलमानको पनवेलको जुन इलाकामा सलमानको फार्म हाउस छ । जहा पहाडी र वन क्षेत्रले घेरिएको छ । यो इलाकामा धेरै जसो सर्प र अजिंगर निस्किन्छन् ।

शनिबार सलमान आफ्नो परिवारसँग शुक्रबार राती पनवेलस्थित आफ्नो फार्म हाउसमा क्रिसमस मनाउन गएका थिए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री