शुक्रबार, २१ वैशाख २०८१

बाग्लुंग,बारा र मकवानपुरमा “युवासँग- महालक्ष्मी लाईफ” कार्यक्रम सम्पन्न

समयपोष्ट २०७८ पुष ५ गते १६:०४

Advertisement

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले बीमा जागरण राष्ट्रिय अभियान अन्तर्गत युवा संग महालक्ष्मी लाईफ कार्यक्रम थप तीन वटा जिल्लामा सम्पन्न गरेको छ ।

गत हप्ता तीन जिल्लाका विभिन्न क्याम्पस र माध्यामिक विधालयमा कार्यक्रम संचालनपछि देश भरीका २५ जिल्लाको ८० स्थानमा कार्यक्रम सम्पन्न गर्न कम्पनी सफल भएको हो ।

हेटौडाको निर्मल बहुमुखि क्याम्पसमा अध्यक्ष विष्णुहरी पण्डितको अध्यक्षतामा संचालित कार्यक्रममा ५० जना विधार्थीको सहभागिता थियो ।अभियानका केन्द्रिय सदस्य जानुका दवाडीको स्वागत मन्तव्यबाट संचालन भएको कायर्क्रममा कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठ र चिफ मार्केटिङ अफिसर प्रशान्तराज धमलाले प्रशिक्षण दिनुभएको थियो । अभियानका जिल्ला सदस्य बाल कुमारी डल्लाकोटीले संचालन गर्नुभएको प्रशिक्षण कार्यक्रममा क्याम्पस प्रमुख सुभाष चन्द्र कडेलको उपस्थिति थियो ।

Advertisement

बाराको गंजभवानीपुर नगरपालिकाको भोला उच्च माध्यामीक विधालयका प्रधानाध्यापक मोहन प्रसादको अध्यक्षतामा संचालित कार्यक्रममा ८० जना विधार्थीको उपस्थिति थियो । अभियानका केन्द्रिय सदस्य सुरेन्द्र प्रसाद कुशुवाहा,रिषिकान्त गुप्ताको उपस्थिति रहेको कार्यक्रममा कम्पनीका क्ष्रेत्रिय प्रमुख दीगम्बर प्रसादले प्रशिक्षण दिनुभएको थियो । कार्यक्रम सम्पन्न भएपछि प्रधानाध्यापक मोहन प्रसादको अध्यक्षतामा ११ सदस्यिय बीमा जागरण राष्ट्रिय अभियान नगर कमिटि गठन गरिएको छ ।

त्यसैगरी गत हप्ता बाग्लुंग जिल्लाको विभिन्न ११ वटा कलेज र माध्यामीक विधालय तथा एउटा स्वंयमसेविका संस्थामा युवासंग महालक्ष्मी लाईफ कार्यक्रम सम्पन्न भएको छ । सम्बन्धीत कलेज र माध्यामित विधालयका प्रमुखको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम मध्ये निसिभुजि जनता क्यापस ढोरपाटनमा २९ जना विधार्थी,उत्तर गंगा मा। वि ढोरपाटन बुर्तिवांगमा ७२ जना ,प्रभा मा।वी निसीखोलामा १०२ जना,ज्ञानेन्द्र मा।वि निसिखोलामा २८ जना,त्रिभुवन मा।वि बडिगाडमा ५० जना,भिमागिठे माविमा ८० जना,जनजागृति मा।वि।मा ८४ जना,भानु मा वि।ग्वाली चौरमा ८१ जना, गलकोट बहुमुखि क्याम्पस हटियामा ५९ जना,पाण्डवखानी मावि गल्कोट नगरपालिकामा ३९ जना,न्यू लाइफ बोर्डिङ्ग हरिचौर गल्कोटमा ८२ जना विधार्थीहरू र महिला स्वास्थ्य स्वंयमसेविका ग्वालिचौर वडिगाडमा ३० जना स्वंयमसेविकाको सहभागिता रहेको थियो । वाग्लुंग जिल्लाको ७ दिने बीमा जागरण अभियानमा कम्पनिका क्षेत्रिय प्रमुख जमुना आचार्य र बाग्लुंग प्रमुख विश्वनाथ आचार्यले प्रशिक्षण दिनु भएको थियो । कम्पनीका स्थानीय कर्मचारी घनश्याम चालिसे,पवित्रा पुन र लक्ष्मण आचार्यले कार्यक्रम संचालनमा सहजिकरण गरेका थिए भने अभियानका जिल्ला अध्यक्ष देवी जिसीले स्वागत मन्तव्य राख्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री