शुक्रबार, ४ जेठ २०८१

क्लासिक टेकद्धारा ‘टेचयम १ जिबिपीएस’ इन्टरनेट सेवा सुरु

समयपोष्ट २०७८ मंसिर २८ गते १८:१४

Advertisement

सन् २००९ देखि नेपालमा व्यवसायिक इन्टरनेट सेवाको शुभारम्भ गरेको एक ठूलो नेटवर्क सेवा प्रदायक कम्पनी क्लासिक टेकले नेक्स्ट जेनेरेशनको प्रविधि वाइफाइ ६ को साथमा टेचयम १ जिबिपीएस’ इन्टरनेट सेवा शुभारम्म गर्ने भएको छ ।

नेपालमै पहिलोपटक वाइफाई ६ का साथमा उपलब्ध हुने टेचयम १ जिबिपी एस इन्टरनेट प्रविधि भित्र्याउन अन्तिम परीक्षण भइरहेको कम्पनीले जनाएको छ । वाइफाई ६ अन्तर्गत स्मार्ट कनेक्टिभिटी, बिमफर्मिङ, एमयू–मिमो लगायतका सुविधाहरु रहने छन् । यो प्रविधि अवलम्बन गरे पश्चात ग्राहकहरूले हाइ स्पिड इन्टरनेट प्रयोग गर्न पाउने कम्पनीले बताएको छ । वाइफाई ६ प्रविधि अन्तर्गत इन्टरनेटको स्पिड ३ जिबिपीएस सम्म रहनेछ ।

पहिलो चरणमा क्लासिकटेकले १ जिबिपीएस सम्मको ब्यान्डविथमा अन्तिम परीक्षण गरिरहेको कम्पनीले जानकारी दिएको छ । यसले कुनै विशेष डिभाइसमा वाइफाइ केन्द्रित गर्ने हुनाले बिना झन्झट प्रयोगकर्ताहरूले इन्टरनेट प्रयोग गर्न सक्षम हुनेछ ।

वाइफाई ६ ले प्रयोगकर्ताहरूलाई मल्टिपल वायरलेस राउटरहरूबाट इन्टरनेट प्राप्त गर्न सम्भव हुने र यसले धेरै प्रयोगकर्ता, धेरै (इनपुट, धेरै आउटपुट प्रविधि हुनाले वाइफाई राउटरलाई एकैसाथ धेरै उपकरणहरूसँग समन्वय गर्न सम्भव रहनेछ । जसका कारण सिग्नलका लागि पर्खनुपर्ने समय घटाउँछ र वाइफाइ नेटवर्कको गति तिब्र बनाउने छ ।

Advertisement

वाइफाइ ६ पश्चात क्लासिक टेकले नेपालमा हाल प्रयोग भैरहेका डबल ब्रान्डका राउटरहरू विस्थापित गराइ नेपालभर ट्री–ब्रान्ड राउटरहरु प्रयोगमा ल्याउने जनाएको छ । ट्राइ–ब्यान्डमा एउटा २.४ जिगाहर्ज ब्यान्ड र दुई ५ जिगाहर्ज ब्यान्डहरु गरी तीनवटा अलग अलग सिग्नल ब्यान्डहरूका कारण इन्टरनेट प्रयोगकर्ताहरूले थप उपकरणहरू जडान नगरिकनै हाई स्पिड इन्टरनेट प्रयोग गर्न पाउनेछन् । यो प्रविधि पश्चात ग्राहकहरूलाई बिना झन्झट उच्च गतिको इन्टनेरट सेवा प्रदान गर्न क्लासिक टेक सक्षम रहने कम्पनीले विश्वास लिएको छ ।

१२ वर्षमा ७४ वटा जिल्लाका १०३ स्थानमा सेवा सञ्चालन ल्याएको क्लासकिटेकले कस्टमर सपोर्टमा बिषेश ग्राहयता दिँदै आइरहेको छ । दुर्गम क्षेत्र देखि साना–साना गाँउ घरमा थप सेवा विस्तार गर्दै ग्राहकहरूलाई छिटो तथा छरितो सेवा प्रदान गर्न कम्पनी तयार रहेको समेत बताएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री