सिंह र निधि दुबैको साथ देउवालाई

सभापतिको दौडबाट बाहिरिएका प्रकाशमान सिंह र विमलेन्द्र निधि दुबैले दोस्रो चरणको चुनावमा शेरबहादुर देउवालाई समर्थन गर्ने भएका छन् ।

Advertisement

देउवा प्रकाशमान र निधिलाई भेट्न उनीहरुकै निवासमा पुगेका थिए । सो क्रममा दुबै नेताले देउवालाई दोस्रो चरणको चुनावमा समर्थन गर्न सहमत भएका हुन् ।

पहिलो चरणको चुनावमा खसेको ४६७९ मध्ये देउवाले २२५८ मत पाएका थिए भने शेखर कोइरालाले १७०२, निधिले २५०, सिंहले ३७१ र कल्याण गुरुङले २२ मत प्राप्त गरेका थिए ।

कुनै पनि उम्मेदवारले बहुमत नल्याएपछि काँग्रेस सभापतिका लागि सर्वाधिक मत ल्याए दुई उम्मेदवार देउवा र कोइरालाबीच फेरि प्रतिस्पर्धा हुने भएको हो ।

यससँगै दोस्रो चरणको चुनावमा देउवालाई सहज हुने देखिएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री