शुक्रबार, ४ जेठ २०८१

एनएमबि बैंकले डाक्यो साधारण सभा, लाभांश प्रस्ताव पारित गर्ने

समयपोष्ट २०७८ मंसिर २७ गते ११:३३

Advertisement

एनएमबि बैंक लिमिटेडले साधारण सभा आह्रवान गरेको छ ।

बैंकले पुस २२ गते, त्रिभुवन आर्मी अफिसर्स क्लब, टुँडिखेल, काठमाडौँमा २६ औँ वार्षिक साधारण सभा आह्रवान गरेको हो ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको १२.५० प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ३.३० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बैंकको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा प्रयोजनार्थ बैंकले पुस ७ गते बुकक्लोज गर्दैछ ।

Advertisement

पुस ६ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउनुका साथै बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

प्रतिक्रिया

सम्बन्धित सामाग्री