बिहीबार, १३ वैशाख २०८१

वीर अस्पतालमा नक्कली मेडिकल बोर्ड वाला कर्मचारीको बिगबिगि

समयपोष्ट २०७८ मंसिर २६ गते १७:४९

Advertisement

समायोजन २०७६ को समय मा स्थानीय तहमा समायोजन भएका कर्मचारीहरुले खटाएको ठाउँमा नजान ,र वीर अस्पताल को स्टोर र खरिद मा बसेर अनियमितता गर्न र समायोजन भैसकाहरु फर्किनका लागि जटिल रोग लागेको भन्दै वीर अस्पताल मेडिकल बोर्ड बाट नककली सिफारिस वनाई मन्त्रालय मा पेश गरेका थिए। समायोजन हुँदा प्रदेश तथा स्थानीय तहमा समायोजन भएर गएका निजामती कर्मचारीले संघमै रहनका लागि कीर्ते मेेडीकल बोर्ड कागजपत्र तयार गरेका हुन् हाल उनीहरू वीर अस्पतालको भन्सार भनेर चिनिने स्टोर र खरिदमा बसेर ब्यापक भष्टाचार गरिरहेका छन ।

कर्मचारी समायोजन ऐनको दफा ८ मा समायोजनको आधारका बारेमा ब्याख्या गरिएको छ । दफा ८ को ४ मा उल्लेख छ–‘माथि जेसुकै लेखिएको भएता पनि नेपाल मेडिकल बोर्डले कडा र जटिल रोग लागेको भन्ने सिफारिस गरेको अवस्थामा सम्बन्धित मन्न्त्रालयले कर्मचारीले रोजेको ठउँमा राख्न सक्छ ।’ ऐनको यो बुँदालाई आधार मानी मेडिकल बोर्डबाट रोगै नलागे पनि कडा रोग लागेको सिफारिस गराउँदै कर्मचारीहरु समायोजन भएका स्थानीय तहमा हाल सम्म पनि नगएका हुन् ।

चिनेको चिकित्सकबाट कडा रोग लागेको प्रेस्क्रिप्सन बनाउने र त्यही पेश गरी मेडिकल बोर्डबाट खटाएको ठाउँमा नजाने प्रवृत्ति देखिएको थियो । तन्दुरुस्त र कुनै रोग नलागेका कर्मचारीले पनि बोर्डबाट सिफारिस पेश गरेका छन् । बोर्डबाट कडा रोग लागेको सिफारिस गराइदिने बीचौलियाहरुको संजाल वीर अस्पतालमै छ । त्यो संजालले प्रतिब्यक्ति ३ देखि ३ लाख ५० हजार रुपैयाँ खर्च गरी सिफारिस गराउने गरेको छ । वीर अस्पतालका निर्देशकको अध्यक्षतामा रहेको तीन सदस्यीय बोर्डले क, ख र ग गरी तीन किसिमका सिफारिस गर्दछ । क वर्गको सिफारिस बिदेश उपचारमा जानका लागि दिने गरिन्छ । ख वर्गको सिफारिस जटिल रोग लागेकोले चिकित्सकको निगरानीमा बस्नुपर्ने भन्ने हुन्छ । ग वर्गमा आर्थिक सहायताका लागि सिफारिस गर्दछ ।

तीन सदस्यीय बोर्डबाट सिफारिस गरिएका ९५ प्रतिशत कर्मचारीको एकपटक पुनः जाँच गरेमा त्यो रोग लागेको भेटिनेछैन मेडिकल बोर्ड का एक कर्मचारीले बताए। बोर्डबाट वीरकै १५जना भन्दा बढी सिफारिस स्वास्थ्य समूहका कर्मचारी छन् । श्रोतका अनुसार यी स्वास्थ्यका कर्मचारीमध्ये ९५ प्रतिशत फर्जी बिरामी फेलापर्नेछन् । तन्दुरुस्त भएर पनि नक्कली बिरामी बनेकाहरुको पुनः एकपटक स्वास्थ्य जाँच गर्ने हो भने बोर्डको बदमासी छर्लङ्ग हुनेछ ।

वीर अस्पतालका कर्मचारीहरुमा अहेब विष्णु फुयाल, सविता जोशी, टीकाराम पनेरु, युवराज सुवेदी, डिल्लीराम आचार्य, जीवनकुमार श्रेष्ठ, डिल्लीराम खनाल, अरुणकुमार महतो शंकर झा लगायत छन् । यिनीहरु दैनिकरुपमा भक्तपुर, बालाजु, बुढानीलकन्ठ जस्ता स्थानबाट पल्सर मोटरसाइकलमा आउँछन् । दिनमा दसौं पटक वीर अस्पतालको चार तला उक्लने र झर्ने गर्दछन् । अस्पतालले आयोजना गरेको खेलकुद कार्यक्रममा भाग लिन्छन् । तर उनीहरुले कडा रोग लागेकाले डाक्टरको निगरानीमा रहनुपर्ने मेडिकल बोर्डको सिफारिस पेश गरेका छन् । र, स्थानीय तहमा नजान उनीहरुले यस्तो झुटो बिरामीको नाटक गरेका छन् ।

वीर अस्पतालका अहेब टीकाराम पनेरुलाई सामान्य ढाड दुख्ने समस्या पनि छैन। उनी हरेक दिन वीर अस्पताल आउने जाने गर्छन् । पनेरुले ढाड खिइएको र लामो समयसम्म हिँड्न र उभिन नमिल्ने भनेर रिर्पोट बनाएका छन् । उनीहरूलाई कागेस स्वास्थ्य कर्मी संध का अध्यक्ष रामजी धिमीरे र अस्पताल कै नर्स रमिला चौलागाईंले स्वास्थ्य मन्त्रालयको पहुँच वीर अस्पताल मै राखि मेडिकल स्टोरको जिम्मा दिलाई राखेका छन । पनेरु हाल विभिन्न मेडिकल ब्यापारीसग बिभिन्न नाममा चन्दा उठाई रहेका छन उनि अहिले प्रधानमन्त्री कार्यालय मा कार्यरत दीपक भट्टको नाम लिदै चन्दा उठाई रहेका छन । उनि वीर अस्पताल कै निर्देशक लाई समेत टेर्दैनन उनले वीर अस्पताल को सरसफाइ को टेन्डर पनि आफुनिकट लाई दिलाई अस्पतालको सुपलभाईजर आफ्नै पाटनर मिना लाई बनाएका छन केही दिन पहिले अस्पताल ले सुरक्षा गार्ड टेन्डर गरेको थियो पनेरुले २५ लाख कमिसन लियर आफुनिकट लाई दिन अस्पताल प्रशासन लाई दवाव दिएका थिए आफुनिकटलाई दिन नपाए पछि उनले सो ठेक्का नै रद्द गराएका छन ।

पनेेरू कतिसम्म गद्दार छन भने अस्पताल फार्मेसीमा म्याद सकिन लागेको ९० लाखको औषधि विना आदेश मगाएर म्याद सकिए पछी सो औषधिलाई फिर्ता नगरि अस्पताल निर्देशक र प्रसासन मा ब्यपारी लाला तिर्नुपर्छ भनेर दवाव दिईरहेका छन । उनको उद्देश्य अस्पताल सुधार भन्दा अस्पतालका केही भष्टाचारीसग मिलेर कमाउ धन्दा मात्र रहेको निर्देशक कार्यलय सोत्र बताउँछ । टेन्डर नदिनका कारण र मेडिकल स्टोरमा अनियमता गर्न उपसचिवले रोकेका कारण उनि अहिले अस्पतालका उपसचिवको सरुवा गर्न लागेको अस्पताल सूत्र बताउँछ । उनलाई नक्कली मेडिकल बोर्ड सिफारिस वनाएको भन्दै कारबाहीलाई प्रधानमन्त्री, स्वास्थ्य मन्त्रालय, र अख्तियारमा समेत उजुरीसमेत पारेको छ। उनि अहिले अस्पताल मेडिकल स्टोर प्रमुख छन । उनले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य विभाग बाट अनुदान आउने औषधि र उपकरण हरू को विल बनाएर करोडै रकम भ्रष्टाचार गरेको स्टोर सूत्र बताउँछ । पनेरुले नेपाल कागेस महाधिवेशनको लागि भनेर मेडिकल ब्यापारीसग लाखै उठाएर खाएको वीर अस्पताल स्वास्थ्य कर्मचारीको आरोप समेत छ। उनलाई कोभिड भ्यासिन लगाउदा पैसा लियर खोप लगाउने गरेको समेत उजुरीसमेत छ। उनलाई अघिल्लो कार्यकालमा सामाजिक एकाईमा रहदा बिभिन्न नर्सिङ कलेजसग पैसा लिदै तालिम गराउन दिएको, विमाको रकम अनियमिता गरेको पनि आरोप छ ।

अस्पतालमा कार्यरत डिल्लीराम खनाल, डिल्लीराम आचार्य, युवराज सुवेदी, जीवनकुमार श्रेष्ठलगायतका कर्मचारीलाई मेडिकल बोर्डले कडा बिरामी भनी सिफारिस गरेको छ । वीर अस्पतालका १५ बढी कर्मचारीले मेडिकल बोर्डबाट कडा रोग भनी सिफारिस बनाएको अस्पताल स्रोतकाे भनाइ छ ।
अस्पतालमा तलबबाहेक ५० प्रतिशत भत्ता पाइने लोभमा दरबन्दी नै नभएको ठाउँमा पनि बोर्डको सिफारिस बनाएर उनीहरु बस्न खोजेको स्रोतको दाबी छ । अस्पतालमा हाल ९ जना मात्र अहेवको दरवन्दी छ तर हाल ३६ जना कार्यरत छन । उनलाई रमाना दिन अस्पताल मा आवाज बुलन्द भएको छ तर अस्पतालले हालसम्म पनेरुलाई रमाना दिनको छैन।

प्रतिक्रिया

सम्बन्धित सामाग्री