शुक्रबार, ४ जेठ २०८१

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई लाइफ लाइन होम हेल्थ केयरमा १५% सम्म छुट

समयपोष्ट २०७८ मंसिर २६ गते १६:४२

Advertisement

बैंक अफ काठमाण्डू लिमिटेड र लाइफ लाइन होम हेल्थ केयर प्रा. लि. बिच बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग बाट क्यूआर कोड स्क्यान गरी भुक्तानी गर्दा बैंकका ग्राहकहरुलाई १५% सम्म छुट उपलब्ध गराउने सम्झौता भएको छ ।

यस सम्झौता पश्चात् ग्राहकहरुले लाइफ लाइन होम हेल्थ केयरले प्रदान गर्ने ल्याब सेवामा १५% र पिसिआर चेकजाच तथा नर्सिङ सेवामा १०% छुट पाउनुहुनेछ ।

ग्राहकहरुले उक्त सेवाहरुमा छुट उपयोग गर्नको लागि बैंकको मोबाइल बैंकिङ्ग तथा कार्डहरुको प्रयोग गरी भुक्तानी गर्नुपर्नेछ । लाइफ लाइन होम हेल्थ केयरले ललितपुर जिल्लाको पुल्चोकबाट सेवाग्राहीहरुलाई गुणस्तरीय सेवा तथा सुबिधाहरु प्रदान गर्दै आईरहेको छ ।

बैंक अफ काठमाण्डू लिमिटेडले ९१ शाखा कार्यालयहरु, ८४ एटिएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहक महानुभावहरुलाई उत्कृष्ट बैंकिङ्ग सुविधा प्रदान गर्दै आईरहेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री