शुक्रबार, ४ जेठ २०८१

महालक्ष्मी विकास बैंकद्वारा टोखा नगरपालिकालाई पानी ट्यांकी सहयोग

समयपोष्ट २०७८ मंसिर २६ गते १६:३५

Advertisement

महालक्ष्मी विकास बैंक लिमिटेडको गंगबु शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत टोखा नगरपालिकाको वडा नं ११ मा रहेको सार्वजनिक शौचालयलाई २ हजार लिटरको २ वटा पानी ट्यांकी सहयोग गरेको छ ।

वडा कार्यालयमा आयोजित एक कार्यक्रमका बीच गंगबु शाखाका प्रबन्धक चेतराज पाण्डेले उक्त पानी ट्यांकीहरु वडा नं ११ का वडाध्यक्ष उत्तम अधिकारिलाई हस्तान्तरण गर्नु भएको हो ।

उक्त कार्यक्रममा स्थानिय निकायका पदाधिकारीहरु, सामाजिक अभियान्ता, स्थानिय उद्योगी, ब्यापारी तथा बैंकका कर्मचारीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

यस्तै वडाध्यक्ष उत्तम अधिकारिले सरकारले मात्रै विकास निर्माणका सबै काम गर्न नसक्ने भएकाले यस्ता विभिन्न संघसंस्थाले पनि सहयोग गरेमा समृद्ध वडा निर्माण गर्न सकिने बताउनुभयो । “सबल बैंक, सफल सहकार्य” को नारालाई आत्मसाथ गर्दै वित्तिय सेवा प्रदान गरिरहेको यस बैंकले आगामी दिनहरुमा पनि सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सामाजिक, आर्थिक रूपान्तरणका विभिन्न कार्यक्रमहरु संचालन गर्ने कुरा जनाएको छ ।

Advertisement

यस बैंकले प्रदेश नं १ मा ५, प्रदेश नं २ मा १५, बाग्मती प्रदेशमा ३७, गण्डकी प्रदेशमा ९, लुम्बिनी प्रदेशमा १८, कर्णाली प्रदेशमा २ र सुदुरपश्चिम प्रदेशमा १७ वटा गरी कुल १०३ वटा शाखाहरु मार्फत करिब ६ लाख ग्राहकहरुलाई उच्चस्तरीय वित्तीय सेवाहरु सरलिकृत तवरले प्रदान गर्दै आइरहेको छ । बैंकले ग्राहकहरुको वैदेशिक यात्राको क्रममा कारोबार थप सुरक्षित, सहज र भरपर्दो होस भन्ने उद्देश्यले भिसा इएमभि चिप वेष्ड ट्राभल कार्ड,इ कमर्श कार्ड र डलर कार्ड जारी गरिसकेको छ । समग्रमा प वेष्ड ट्राभल कार्ड,इ कमर्श कार्ड र डलर कार्ड जारी गर्ने अग्रणी तथा एक मात्र विकास बैंक : महालक्ष्मी विकास बैंक रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री