शुक्रबार, ४ जेठ २०८१

सिटिजन्स बैंकद्वारा मृतक परिवारलाई ८ लाख नगद हस्तान्तरण

समयपोष्ट २०७८ मंसिर २३ गते १७:५५

Advertisement

सिटिजन्स बैंकले आफ्ना सेवाग्राही ग्राहकको मृत्युमा आफन्त परिवारजनलाई ८ लाखभन्दा बढी नगद हस्तान्तरण गरेको छ ।

बैंकको लघुवित्त परियोजना अन्तर्गत शाखा कार्यालय तौलिहवाका ग्राहक सब्रुन निशाको मृत्यु भएकामा मृतकको श्रीमान् जब्बर अली तेली लाई तीन लाख ६५ हजार ७७४ रुपैयाँ ६० पैसा र अर्का ग्राहक फूलमति कोरीको मृत्युमा मृतकका छोरा रामचन्द्र कोरीलाई ४ लाख ५४ हजार १२२ रुपैयाँ ५८ पैसा नगद हस्तान्तरण गरेको हो ।

उक्त रकम सिटिजन्स बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले मंसिर २१ गते एक कार्यक्रमका बीच हस्तान्तरण गरे । लघुवित्त परियोजनामा आवद्ध ऋणीहरुको अनिवार्य जीवन बीमा गरेको हुनाले मृत्यु भएका ग्राहकको काजक्रिया खर्च सहित बैंकले विमा कम्पनीमा रकम दावी गरि सो रकम ग्राहकका परिवारलाई हस्तान्तरण गरेको बैंकले जनाएको छ ।

सिटिजन्स बैंक इन्टरनेशनल लि.ले २ वटा प्रदेशका २१ वटा शाखा कार्यालयको लघुवित्त इकाई मार्फत करिव १४ हजार विपन्न महिलाहरुलाई लघुवित्त बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ । सिटिजन्स बैंकको देशैभरी १७४ वटा शाखा कार्यालय, १२३ वटा ए.टि.एम. र ११४ वटा शाखारहित बैंकिङ्ग इकाईहरुबाट करिव १२ लाख ५० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ सेवाहरु प्रदान गर्दै आएको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री