भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत सवार हेलिकप्टर दुर्घटना

भारतका चिफ अफ डिफेन्स स्टाफ विपिन रावत सवार हेलिकप्टर दुर्घटना भएको छ ।

Advertisement

तलिमनाडुको कुन्नुरको जंगलमा बुधबार सेनाको एमआई–१७ हेलिकप्टर दुर्घटना भएको छ । हेलिकप्टरमा चिफ अफ डिफेन्स स्टाफ जनरल रावत, उनकी पत्नी मधुलिका सहित सेनाका १४ अफिसर सवार रहेको बताईएको छ ।

हालसम्म ४ जनाको शव बरामद भएको छ । शव नराम्रोसँग जलेको अवस्थामा भेटिएको छ । रावतलाई भने गम्भीर हालतमा वेलिङटन सैन्य अस्पताल लगिएको बताइएको छ । उनको स्थितिबारे थप जानकारी दिइएको छैन ।

घना जंगलमा भएको दुर्घटनापछि हेलिकप्टरमा आगलागी भएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री