शुक्रबार, ४ जेठ २०८१

वेस्टर्न् युनियनको क्यासउत्सवको बम्पर विजेता घोषणा : मस्तिकाले जितिन् नगद ५ लाख

समयपोष्ट २०७८ मंसिर २१ गते २०:१८

Advertisement

अन्तरदेशीय सीमा र अन्तरदेशीय मुद्रा कारोबार र भुक्तानीमा अग्रणी विनिमय कम्पनी वेस्टर्न् युनियनले दशैँ, तिहार र छठ लक्षित क्यासउत्सव योजनाको विजेता घोषणा गरेको छ ।

शुक्रबार लक्की ड्र मार्फत कम्पनीले विजेता घोषित गरेको हो । लक्की ड्र मार्फत मस्तिका नेपाली बि.क.विजेता बनेकी कम्पनीले जनाएको छ । उनले वेस्टर्न् युनियनको नेपालमा रहेका ७ वटा मुख्य एजेन्ट मध्य नबिल बैँकको सब–एजेन्ट मुक्तिनाथ विकास बैँकबाट कारोबार गरेकी थिइन् । उनलाई नबिल बैंकको गण्डकी प्रदेश प्रमुख सुर्य बहादुर रोका र मुक्तिनाथ विकास बैंकको गण्डकी प्रदेश प्रमुख शंकर के.सिले संयुक्त रुपमा रु. ५ लाखको चेक हस्तान्तरण गरेका थिए ।

दशैँ, तिहार र छठलाई लक्षित गरी यो योजना असोज १ देखि कार्तिक २५ सम्म लागु गरिएको थियो । यस योजनामा ८ हप्तासम्म हरेक हप्ता ५ भाग्यशाली विजेताहरुले रु २०,००० पनि जितिसकेका छन् ।

नेपालमा रहेका वेस्टर्न युनियनका ७ वटा मुख्य एजेन्ट– ए.टि.टि रेमिट, सीजी फिन्को, हुलास रेमिटान्स, माया रेमिट, नबिल बैंक, डिजिटेक र सूर्य रेमिट वा यिनका सब– एजेन्ट मार्फत रकम प्राप्त गरेका नेपाली ग्राहकलाई यो योजनामा सहभागी गराइएको थियो ।

Advertisement

वेस्टर्न् युनियनका दक्षिण एसिया प्रमुख एस् एस् रमानाथन ले भन्नुभयो, “यो क्यासउत्सव योजनामा विजेता बन्न सफल सम्पूर्ण ४१ जना भाग्यशाली विजेताहरुलाई हार्दिक बधाई ज्ञापन गर्दछु । विदेशमा दुःख गरेर कमाएको पैसा नेपालमा आफ्नो परिवारलाई पठाउनको लागि वेस्टर्न् युनियनलाई भरोसा र विश्वास गरिदिनुहुने सम्पूर्ण नेपालीप्रति म आभारी छु । तपाईंहरुको यो साथ र विश्वासले हामीलाई भविष्यमा अझै राम्रो सेवा प्रदान गर्न प्रोत्साहित गरेको छ ।”

प्रतिक्रिया

सम्बन्धित सामाग्री