एनआईबिएल एस क्यापिटलद्धारा च्याटबोट सेवा सञ्चालन

नेपाल ईन्भेष्टमेन्ट बैंक लिमिटेडको पूर्ण स्वामित्वमा रहेको एनआईबिएल एस क्यापिटल लिमिटेडले आफ्ना ग्राहकवर्गहरुको सुविधालाई मध्यनजर गर्दै च्याटबोट सेवा सञ्चालन गरेको छ ।

Advertisement

समय अनुसार प्रविधिमा आएको परिवर्तन एवं ग्राहकवर्गहरुको आवश्यकतालाई ध्यानमा राखी च्याटबोट सेवा ल्याइएको क्यापिटलले जनाएको छ ।

यस च्याटबोट सेवाबाट ग्राहकहरुले कम्पनीको सेवाहरुको बारेमा सजिलै जानकारी लिन सक्नुका साथै भौतिक उपस्थिति बिना नै सेवा लिन सहज हुन सक्ने एनआईबिएल एस क्यापिटलले विश्वास लिएको छ ।

परिस्कृत सेवा सुबिधा प्रदान गर्न तथा प्रविधिमैत्री बनाउनका लागि च्याटबोटमा आर्टिफिसियल इन्टेलिजेन्स समेतको प्रयोगले ग्राहकको आवश्यकता अनुसारको सेवा सुविधा दिन सक्ने किसिमले विकास गरिएको क्यापिटलले जनाएको छ ।

यस अघि कम्पनीेले विद्युतीय प्रणाली मार्फत एनआईबिएल सहभागिता फण्ड (खुलामुखी योजाना० का ईकाईहरु खरिद गर्नुका साथै डिम्याट खाता खोल्ने तथा मेरो शेयर दर्ता गर्ने सेवा समेत सुचारु गरिसकेको छ ।

Advertisement

प्रतिक्रिया

सम्बन्धित सामाग्री