आइतबार, २० जेठ २०८१

टाटाको गाडी खरीद गर्न ग्राहकलाई वाणिज्य बैंकको सहुलियतपुर्ण कर्जा सुविधा

समयपोष्ट २०७७ पुष १४ गते १५:२०

Advertisement

टाटा मोटर्स नेपालका लागि एकमात्र आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङ्ग प्रा. लि. र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच सम्झौता भएको छ ।

उक्त सम्झौतापत्रमा सिप्रदीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजन बाबु श्रेष्ठ र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकमा आयोजित एक कार्यक्रमबीच हस्ताक्षर गर्नुभएको छ ।

यससंगै टाटा मोटर्सको कमर्शियल गाडीहरु खरिद गर्न चाहने खरिदकर्ताले राष्ट्रिय वाणिज्य बैंकको देशैभरि जुनसुकै शाखा मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् ।

नेपाल राष्ट्र बैंकद्वारा बैंक तथा वित्तिय संस्थाहरुलाई जारी गरिएको निर्देशन, परिपत्र तथा सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धि एकिकृत कार्यबिधि, २०७५ को अधिनमा रही बैंकको नीति अनुसार ग्राहकहरुलाई व्यवसायिक तथा निजी प्रयोजनका सवारी साधन खरिद गर्नका लागि सहुलियतपूर्ण कर्जा उपलब्ध गराईने बैंकले जनाएको छ ।

Advertisement

सहुलियतपूर्ण कर्जाभित्र व्यवसायिक कृषि तथा पशुपक्षी कर्जा, शिक्षित युवा स्वरोजगार कर्जा, विदेशबाट फर्केका युवा स्वरोजगार कर्जा, महिला उद्यमशील कर्र्जा, र दलित तथा पिछडिएका समुदाय व्यवसाय विकास कर्जा छन् ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री