
बालुवाटारमा आज साँझ बसेको संवैधानिक परिषद्को बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका सिटहरूमा नियुक्ति सिफारिसबारे छलफल भएको छ ।
करिब २ घण्टा लामो बैठकमा विभिन्न संवैधानिक आयोगमा रिक्त रहेका पदहरूमा नियुक्तिबारे छलफल भएको परिषद्का सदस्य तथा राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले बताए ।
परिषद् बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिना उपस्थित थिए ।
संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी भएपछि संवैधानिक परिषद्को बैठक बसेको थियो । अध्यक्षबाहेक चारजना उपस्थित हुनुपर्ने यसअघिको व्यवस्था उल्ट्याएर मंगलबार दिउँसो अध्यादेश जारी गरी कायम संख्याको बहुमत भए बैठक बस्ने व्यवस्था गरी परिषद्को बैठक बसेको थियो ।
बिहान बोलाइएको परिषद् बैठकमा सभामुख अग्निप्रसाद सापकोटा नजाँदा ५ बजेलाई सारिएको थियो ।










प्रतिक्रिया