राष्ट्रियसभा निर्वाचनको ढोका खुल्योः प्रमुख आयुक्त

प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले राष्ट्रियसभा गठनसम्बन्धी अध्यादेश प्रमाणीकरण भइसकेकाले राष्ट्रियसभाको निर्वाचनको ढोका खुलेको बताए ।

आज आयोजित साक्षात्कारमा उनले प्रदेश प्रमुखको नियुक्ति नभएसम्म प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन परिणाम गोप्य रहने तथा यसको परिणाम निर्वाचन आयोगले पेश नगर्ने बताए ।

Advertisement

समानुपातिक निर्वाचनको परिणाम एक दुई दिनमै अन्तिम रुप दिइने उनले जानकारी दिए । प्रमुख आयुक्त डा यादवले दल, मतदाता तथा सर्वसाधारणको सहयोगमा प्रतिनिधिसभा, प्रदेशसभा तथा स्थानीय तहको निर्वाचन सफलतापूर्वक सम्पन्न भएकोमा खुशी व्यक्त गर्दै राष्ट्रियसभाको निर्वाचनका लागि संविधानको धारा २७१ अनुसार दल दर्ताको सूचना प्रकाशित गरिसकेको बताए ।

उनले संविधान कार्यान्वयन गर्ने क्रममा राष्ट्रियसभा सदस्य निर्वाचनको मिति घोषणा गर्न तथा प्रदेश प्रमुख तोक्न सरकारलाई निर्वाचन आयोगले आग्रह गरिसकेको पनि जानकारी दिए ।

रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री