शनिबार, ५ जेठ २०८१

अर्घाखाँची सिमेन्टले एक करोड लागतमा स्वास्थ्य केन्द्र बनाउने, कृषिमन्त्रीले गरे शिलान्यास

समयपोष्ट २०७७ मंसिर २२ गते १५:४१

Advertisement

अर्घाखाँची सिमेन्टले रुपन्देहीको सियारी गाउँपालिका-२ मा स्वास्थ्य केन्द्र निर्माण गर्ने भएको छ। एक करोड रुपैयाँ लागतमा मैनहियामा बन्न लागेको स्वास्थ्य केन्द्रको कृषिमन्त्री घनश्याम भुसालले शिलान्यास गरेका छन् ।

सो भवनमा सियारी गाउँपालिकाले पाँच शय्याको अस्पताल संचालन गर्नेछ। उद्योगका निर्देशक राजेशकुमार अग्रवालले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्तर्गत स्थानीय क्षेत्रमा स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको बताए।

उद्योग सञ्चालन गरिरहँदा रोजगारीसँगै स्थानीयको समस्या तथा दुःखमा पनि साथ र सहयोग गर्ने उद्देश्यका साथ स्वास्थ्य सेवाको अभावलाई पूरा गर्न स्वास्थ्य केन्द्र स्थापना गर्न लागेको अग्रवालले बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री