शनिबार, ५ जेठ २०८१

भूमाफियाले हड्पेको बुद्धनगरको दुई रोपनी जग्गामा बगैँचा बन्ने

समयपोष्ट २०७७ मंसिर २१ गते २०:२१

Advertisement

काठमाडौँ महानगरपालिका–१० बुद्धनगरमा भूमाफियाले हड्पेको दुई रोपनी तीन आना जग्गामा आकर्षक बगैँचा निर्माण हुने भएको छ । बुद्धनगर टोल विकास समिति, जनप्रतिनिधि, स्थानीयवासीको सहयोगमा प्रदेशसभा सदस्य दीपेन्द्र श्रेष्ठले मकै भाँची यूएन पार्कलाई स्वामित्व ग्रहण गर्न दबाब दिएर दुई रोपनी तीन आना जग्गा सरकारी स्वामित्वमा आएको थियो ।

सो जग्गामा आज प्रदेशसभा सदस्य श्रेष्ठ, १० नं वडा अध्यक्ष रामकुमार केसीसहित बुद्धनगर टोल विकास समितिका पदाधिकारीले जग्गा संरक्षणका लागि माटो भर्ने काम शुरु गर्नुभएको छ । माटो भरिसकेपछि आकर्षक बगैँचा निर्माण गरिने छ । बगैँचा निर्माण गर्न प्रदेश पूर्वाधार विकास साझेदारी आयोजनाअन्तर्गत रु २० लाख विनियोजन भएको पनि प्रदेशसभा सदस्य श्रेष्ठले जानकारी दिनुभयो । बगैँचा निर्माणका लागि थप स्रोतको समेत खोजी भइरहेको वडाध्यक्ष केसीले जानकारी दिनुभयो ।

प्रदेशसभा क्षेत्रमा भूमाफियाले हड्पेको जग्गालाई सरकारीकरण गरी भूकम्प, आगलागीलगायत प्राकृतिक प्रकोपका बेला आश्रय लिने स्थलका लागि बगैँचा बनाई खुला राख्ने योजनाअनुसार सबै तहका जनप्रतिनिधिबीच सहकार्य गरी काम भइरहेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री