शुक्रबार, १६ चैत २०८०

के चीनमा नरसंहार भइरहेको छ ?, यस्तो छ अभियन्ताको भनाई

समयपोष्ट २०७७ मंसिर १८ गते ९:११

Advertisement

 

मोन्ट्रियल, क्यानाडा. चीनको पश्चिमी क्षेत्र सिन्जियाङ्का मुस्लिमहरुलाई परिवर्तन गर्नाका लागि पुनर्शिक्षण शिविरहरूको ब्यापक प्रयोग गरिएको छ। संयुक्त राष्ट्र संघको मानवअधिकार सम्बन्धि कमिटीले २०१८ मा गरेको अनुसन्धानमा चीनले दशलाखभन्दा बढीलाई बन्दी बनाएर यस्ता शिबिरहरुमा राखेको खुलासा गरेको थियो भने अहिले स्वतन्त्र विश्लेषकहरुले उक्त संख्या १७ लाख नाघिसकेको बताएका छन्।

अधिकारबादी संस्थाहरुले चीनले व्यापक रुपमा मानवअधिकार उलंघन गर्दै दाह्री पाल्न, उइगुरहरुका छोराछोरीले सरकारी विद्यालयमा नै अध्ययन गर्नुपर्ने, धार्मिक मान्यता अनुसार मात्रै विवाह गर्न नहुने, सार्वजनिक स्थलमा बुर्का -अनुहार ढाक्ने गरी वस्त्र लगाउन नपाइने, परिवार नियोजनका नीतिहरु पालना गर्नुपर्ने लगायत ब्यबस्था गरिएको छ। पुनर्शिक्षण शिविरहरू संचालन गरी टर्कीश मूलका उइगुर मुसलमानहरुलाई परिवर्तन गराउने प्रयत्न गरिएको छ। सिन्जियाङ्मा हान जातिका चिनियाहरुको ब्यापक बसाईसाराई गराई उइगुरहरुलाई उल्पमतमा समेत पारिएको छ।

अब्दुवेली आयुप उइघुर अभियान्ता तथा भाषाविद हुन् । उनले चिनिया सरकारले उइगुर जाति, भाषा, संस्कृतिमाथि दमन गरिरहेको भज्दै आवाज उठाउदै आएका छन् । उइगुर शिक्षाका लागि बालसदनहरु संचालन गर्दै आइरहेका उनलाई उइगुर जातिमाथी चिनिया सरकारले जातिय नरसंहार गरेको आरोप लगाएको भन्दै चिनीयाँ सरकारले जेल सजाय सुनाएको थियो ।

 

क्यानाडाको द पोष्ट मिलेनिएलका संवाददाता नोवा अल्टरले आयुपसँग वृहत अन्तरवार्ता लिएका छन्। उनलाई चीनको सिन्जियाङ्मा उईगुर मुस्लिमहरुमाथी लादिएको कम्युनिष्ट बिचारधारा र तालिमले कसरी अगामी पुस्ताले धर्म, भाषा, संस्कृति र संस्कार गुमाउँदैछन् भन्नेमा चिन्तित छन्। प्रस्तुत छ उक्त अन्तवार्ताको सारसंक्षेपः

द पोष्ट मिलेनिएल (टिपीएम) : तपाईलाई उइगुर भाषा शिक्षाका लागी के ले उत्प्रेरणा गर्यो ?

अब्दुवेली आयुपः मैले चीनको विश्वबिधालयमा ६ बर्ष काम गरेपछि अमेरिका गएँ । मेरी छोरीले उइघुर भाषा बिर्सिसकेकी थिइन् । पछि पूर्बी तुर्कीस्तानस्थित उरुम्कीमा उइगुर बालबालिकाका लागि बालसदनहरु थिएनन् । त्यहाँ केवल चिनीयाँ बालसदनहरु मात्र सञ्चालित थिए । त्यसैले, मैले आफ्नो भाषालाइ जोगाउनुपर्ने महत्व महसुस गरेँ । यसरी हेर्दा मेरी छोरीका कारण नै मैले उइघुर भाषा शिक्षामा उत्प्रेरणा मिल्यो ।
भाषा शिक्षा अधिकारका लागि लड्नु भन्दा पहिले मैले यसबारे लेखेँ, तर त्यतिबेला म चिँनीया विश्वबिद्यालयमा अध्यापनरत थिएँ । उरुम्कीमा कुनै पनि उइगुर बालसदन नभएको देख्दा मलाइ धेरै दुःख लाग्यो ।

सन् १९९२ मा उरुम्की आउनु अघि म कश्गरमा हुर्किए, त्यहाँ उइगुर बालसदनहरु थिए । तर, १० बर्ष पछि त्यहाँका बालसदनहरु हटाइए । बालसदनहरु हटाइएको देख्दा मलाई  धेरै दुखित बनायो । आफ्नो भाषा र संस्कृति संकटमा देख्दा यसलाइ जोगाउनका लागि कदम लिनुपर्ने महसुस भयो । आफ्नो भाषा शिक्षा भयो भने आउने पुस्तासम्म भाषा निरन्तर रहन्छ । भाषाको शिक्षा भएन भने यो लोप हुन्छ ।

मैले एउटा चिनियाँ टेलिभिजनको टेलिफिल्मा कश्गरको महिमालाई चित्रण गर्न खोजेको देखेँ । चिनिया सरकारले पर्यटन आकर्षण गर्न उइघुरहरुको संस्कृति र कला जोगाएको चित्रण गरिएको रहेछ, यो सत्य होइन ।

टिपीएमः तपाइलाई भाषले कसरी संस्कृति कायम राख्छ भन्ने लाग्छ ?

आयुपः उइगुर भाषाले हामीलाइ एकअर्कासँग जोडेर राख्दछ । उइगुरहरु विभिन्न ठाउँमा छरिएर रहेका छन्, उदाहरणका लागि होटान र कोश्गर ५०० किलोमिटरको दुरीमा पर्दछ । विभिन्न क्षेत्रमा रहेका हामीहरुलाई नजिक बनाउने नै हाम्रो भाषाको माध्यमले हो । हाम्रो १५ सय बर्ष पुरानो मौलिक इतिहास छ, सभ्यता छ, भाषा, मौलिक संगित, कविता र साहित्य छ। हाम्रो मौलिक भाषाले मात्र यी सबै संस्कृतिको संरक्षण गर्दछ ।

टिपीएमः क्यानडा सरकारले चिनियाँ सरकारको उइगुर बिरुद्धको नीतिलाइ उइघुर संस्कृति र धर्म लोप गराउने प्रयास मात्र नभएर नरसंहारका साथै यसलाइ दोश्रो विश्वयुद्धमा नाजीले यहुदीहरुलाई नरसंहार गरेको ब्यबहारसँग तुलना गरेको छ, यो ठिक भनाइ हो ?

आयुपः विल्कुल सहि भनाई हो । दोश्रो विश्वयुद्धमा यहुदीहरुको नरसंहार गरेजस्तै चीनमा उइगुरहरमाथि शासन लगाइएको छ । उनीहरुको मौलिकता र संस्कृतिलाइ दबाइएको छ । भर्खरै, जर्मनीको समाचार संस्थाहरुले प्रशाारण गरेको समाचार अनुसार करिब नौ लाख उइगुरहरुलाइ आफ्नो परिवारबाट छुटाइएको छ। उनीहरु आफुनो भाषा बोल्न र सस्कृँति अभ्यास गर्नबाट वञ्चित छन् ।

अष्ट्रेलियाको एक टेलिभिजनको समाचार अनुसार चिनीयाँ सरकारले करिब ८० हजार उइघुरहरुलाइ बलपूर्वक चीनको अरु ठाउँमा सारेका छन्, ताकी उनीहरुको संस्कृँति हराउँदै जावस । विगत तीन बर्षको जन्मदर हेर्दा उइगुरहरुको संख्या धेरै घटेको छ । यसरी हेर्दा यसलाइ दोस्रो विश्वयुद्धको यहुदीहरुको नरसंहार जस्तै छ ।

पर्यटकलाई आकर्षित गर्न पुरानो शहर भन्दै सजाएर चित्रण गर्ने गरेका छन् । तर, दुखको कुरा त्यहाँका मौलिक बासिन्दाहरु हराइरहेका छन् । बाटोहरु खाली देखिन्छन् ।

टिपीएमः तपाईले कश्गरमा अध्यापन गर्दा तपाई र सरकारी अधिकारीहरुले कस्तो महसुस गरेका थिए ?
आयुपः कश्गर उइगुर संस्कृतिको मुटु हो । त्यहाँ हामीले ४ हजार ५ सय पीडितहरुको कथालाई  रेकर्ड गरेका छौँ। कोही हराएका/बेपत्ता पारिएका छन्, बन्दी बनाइएका छन् । कश्गर पुरानो शहर भएकाले चिनियाँ फिल्म र सिनेमाका लागि प्रयोग गर्ने गरेका छन् ।
पर्यटकलाई आकर्षित गर्न पुरानो शहर भन्दै सजाएर चित्रण गर्ने गरेका छन् । तर, दुखको कुरा त्यहाँका मौलिक बासिन्दाहरु हराइरहेका छन् । बाटोहरु खाली देखिन्छन् ।

टिपीएमः उसो भए चीनले गरेका सबै गलत प्रचार प्रसार हो ?
आयुपः हो, यो सब भ्रमपूर्ण प्रचार हो । मैले एउटा चिनियाँ टेलिभिजनको टेलिफिल्मा कश्गरको महिमालाई चित्रण गर्न खोजेको देखेँ । चिनिया सरकारले पर्यटन आकर्षण गर्न उइघुरहरुको संस्कृति र कला जोगाएको चित्रण गरिएको रहेछ, यो सत्य होइन ।

टिपीएमः तपाइँको बालसदन कस्तो किसिमको थियो ?
आयुपः हाम्रो शिक्षकहरु चिनीयाँ प्रान्तमा पढेका थिए । उनीहरु चिनीयाँ राष्ट्रिय भाषा र अंग्रेजी दुबै बोल्थे । हाम्रा बालबालिकालाइ उइगुर प्रमुख भाषा, साथै चिनीयाँ राष्ट्रिय भाषा र अंग्रेजी भाषा जान्नुपर्छ भन्ने जोड थियो । हामी हाम्रो बालबालिका लाइ खेलकुद, कार्टुन, थिएटरको माध्यमबाट सिकाइ गर्छौ, किनकी बालबालिकाले रमाइलोसंग सिक्नुपर्छ भन्ने हाम्रो मान्यता हो । thepostmillennial.com

प्रतिक्रिया

सम्बन्धित सामाग्री