शनिबार, ८ वैशाख २०८१

पूर्ण विद्युतीकरण उन्मुख अर्घाखाँची, विद्युत आय संकलनमा व्यापक वृद्धि र चुहावट प्रतिशत नियन्त्रणमा उल्लेख्य सफलता (ई. बिरमान रास्कोटीको अन्तर्वार्ता)

समयपोष्ट २०७७ मंसिर १७ गते २१:१७

Advertisement

अर्घाखाँची जिल्लामा पछिल्लो समय बिद्युत कार्यालयबाट प्रबाह हुने सेवा तथा विद्युतको गुणस्तरमा व्यापक सुधार भएको देखिन्छ । अर्घाखाँची जिल्लाको साबिक पोखराथोक गाबिस हाल पाणिनी गाउँपालिका ०२ मा जन्मिएका ई. बिरमान रास्कोटीले बिद्युत कार्यालयमा कार्यभार सम्हालेदेखि विद्युत कार्यालयको सेवा प्रवाहमा व्यापक सुधार तथा सेवा विस्तार भएको साथै सेवाग्राहीहरु पनि हालको विद्युत कार्यालयको सेवाबाट सन्तुष्ट रहेको पाइएको छ । २०७१ साल माघ महिनादेखि ईन्जिनियरको रुपमा कार्य गर्दै २०७४ साल भाद्र १६ गते देखि कार्यालय प्रमुखको रुपमा हालसम्म निरन्तर विद्युत कार्यालयमा रहेका ई. रास्कोटीले विद्युत सेवा प्रवाहमा चुस्तता, चुहावट शत प्रतिशत नियन्त्रणमा उल्लेख्य सफलता, आय संकलनमा व्यापक वृद्धि, ग्राहक संख्यामा उल्लेख्य वृद्धि, ग्रामिण विद्युतीकरणमा व्यापक विस्तार तथा व्यवस्थापकीय कुशलताद्वारा कर्मचारीहरुको मनोवल उच्च राख्दै कार्यक्षमतामा वृद्धि गरि कुशलतापूर्वक कार्यालय संचालन गर्दै आउनु भएको छ । यी बिषयमा नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रका प्रमुख ई. रास्कोटीसंग अशोक खनालले गरेको कुराकानी कुराकानी :

तपाई यस कार्यालयमा निकै लामो समयदेखि कार्यरत हुनुहुन्छ, तपाई आएसंगै धेरै सुधार पनि देखिएको छ, कसरी संभव भयो ?

हो यहाँले भन्नु भएजस्तै यस कार्यालयमा म निकै लामो समयदेखि कार्यरत छु । म यस कार्यालयमा २०७१ साल माघ महिनादेखि निरन्तर छु । सुरुको करिब अढाई बर्ष प्राबिधिक प्रमुखको जिम्मेवारीमा रहेर काम गरें । त्यसपछि २०७४ साल भाद्र १६ गतेदेखि मेरो कार्यालयको उच्च व्यवस्थापनले मलाई विश्वास गरेको तथा मेरो आफ्नो गृह जिल्लामा कार्य गर्ने ईच्क्षा र यो जिल्ला नेपाल सरकारले आ.ब. २०७६र०७७ मा पूर्ण विद्युतीकरण गर्ने ४१ जिल्लाभित्र परेको कारण कार्यलय प्रमुखको रुपमा रही निरन्तर कार्य गर्दै आएको छु । यो अवधिमा अर्घाखाँची जिल्लाको यस कार्यालयको कार्य क्षेत्र रहेको अधिकांश क्षेत्रमा विद्युत सेवाको गुणस्तरीय विस्तार, चुहावट नियन्त्रण, गुणस्तरीय सेवा प्रवाह तथा आय संकलनमा व्यापक वृद्धि भएको छ ।

अर्घाखाँची वितरण केन्द्रअन्तर्गत रही २ वटा सामुदायिक संस्थाको १३ वटा वितरण ट्रान्सफर्मरहरुबाट विद्युत सेवा विस्तार भएको छ भने बाँकि सवै स्थानहरु यस कार्यालयको सेवाक्षेत्र रहेको छ साथै लाभान्वित घर धुरी संख्या करिब ३६००० रहेको छ ।

तपाइले अर्घाखाँची जिल्लाको कार्यालयको कार्यक्षेत्र भन्नु भयो, खासमा अर्घाखाँची वितरण केन्द्रको कार्यक्षेत्र सम्पूर्ण जिल्ला होइन र ?

होइन नि ! अर्घाखाँची जिल्लामा अधिकांश स्थानमा यस कार्यालयबाट विद्युत सेवा विस्तार भएको भएतापनि, भुमिकस्थान नगरपालिका १ ,२, ५ र ६ को सम्पूर्ण भाग तथा ४ को केहि भाग वि.पि.सी. बाट त्यसैगरी छ्त्रदेव गाउँपालिका ७ र ८ को केहि भाग गुल्मी वितरण केन्द्र, मालारानी गाउँपालिका ९ को सम्पूर्ण भाग प्युठान वितरण केन्द्र, शितगंगा नगरपालिका १२ को केहि भाग तोलिहवा वितरण केन्द्र, शितगंगा नगरपालिका ११ को केहि भाग कृष्णनगर वितरण केन्द्र , शितगंगा नगरपालिका ८, ९ र ११ को केहि भागमा लमही वितरण केन्द्रको कार्य क्षेत्र रहेको छ । अर्घाखाँची वितरण केन्द्रअन्तर्गत रही २ वटा सामुदायिक संस्थाको १३ वटा वितरण ट्रान्सफर्मरहरुबाट विद्युत सेवा विस्तार भएको छ भने बाँकि सवै स्थानहरु यस कार्यालयको सेवाक्षेत्र रहेको छ साथै लाभान्वित घर धुरी संख्या करिब ३६००० रहेको छ ।

तपाई यस कार्यालयमा ईन्जियरको रुपमा र कार्यालय प्रमुख भएपछि कार्यालयले संचालन गर्ने सेवा प्रवाहमा व्यापक सुधार अनि सहज भएको अनुभव आम सेवाग्राहीहरुको रहेको छ , मुख्यतः तपाईको यस कार्यालयको हाल सम्मको बसाईमा के के गर्नु भयो बताईदिनुहोस न ?

म कर्ममा विश्वास गर्ने ब्यक्ति, आफ्नो गृह जिल्लालाई कर्मक्षेत्र बनाएर यस कार्यालयमा २०७१ माघदेखि २०७४ भाद्रसम्म कार्यालय प्रमुखको निकटतम भई प्राबिधिक प्रमुखको जिम्मेवारीमा रहेर कार्यसम्पादन गर्दा तथा २०७४ भाद्र पश्चात कार्यालयको कार्यालय प्रमुख भएपछि पनि सहज रुपमा नियमित कार्य सम्पादन गर्ने वातावरण मिलाएका छु । उपलब्ध श्रोत र साधनको उच्चतम प्रयोग तथा सम्पूर्ण फाँट प्रमुख कर्मचारी साथीहरु र अन्य सम्पूर्ण कर्मचारीहरुलाई अलि बढी जिम्मेवार बनाईएपछि प्राप्त प्रतिफल नै कार्य प्रगतिको प्रतिफल हो भन्ने लाग्दछ । यो समयको अन्तरालमा पाणिनी गाउँपालिका तथा हाल मलारानी गाउँपालिकामा कार्यालयको नो लाईट सेवा प्रदान गर्ने कार्यालयको युनिट स्थापना गरिएको छ । तुलनात्मक रुपले कम आय संकलन भएतापनि सेवाग्राहिको सुविधालाई ध्यानमा राखी देशकै ठुलो शितागंगा नगरपालीकाको केन्द्र ठाडामा आय संकलन काउन्टरको सेवासमेत सुचारु भएको छ । हाम्रो कार्यालय नितान्त प्राबिधिक कार्यालय भएकाले हरेक प्रगति विववरण तथ्यांकमुखी हुने हुँदा तथ्यांक प्रस्तुत गर्दा बढी स्पस्ट तथा सान्दर्भिक हुन्छ होला :

२०७४ भाद्रमा यस कार्यालयको ग्राहक संख्या करिब २६,००० थियो । हाल ग्राहक संख्या बढेर करिब ३६,००० पुगेको छ । यस बिचमा अर्घाखाँची वितरण केन्द्रमा करिब ६० वटा वितरण ट्रान्सफर्मरहरु जडान गरिएको छ । ठुलो औधिगिक ग्राहकहरु ७.५ एम. भी.ए.को श्री शुभश्री अग्नि सिमेन्ट संचालन भएको छ, अरु मझौला खालको उद्योगहरु पनि थप जडान भई संचालनमा छन् । हालै शितगंगा मिनरल उद्योग २०० के.भी. ए. जडान भएको छ र अबको केहि दिनमै अन्नपूर्ण एग्रो ब्रीडींग ३०० के. भी.ए. संचालन हुदैछ ।

यस अर्घाखाँची वितरण केन्द्रको चुहावट नियन्त्रण गर्न बिभिन्न कार्ययोजनाहरु बनाई सो को कार्यन्वयन गरेपश्चात उल्लेख्य रुपमा चुहावट प्रतिशत नियन्त्रण भएको छ । जसको फलस्वरूप आ.ब. २०७३/०७४ मसान्तमा १७/४४ रहेको चुहावट प्रतिशत क्रमिक रुपमा सुधार हुँदै आ.ब. २०७४र०७५ मसान्तमा ११र२७, आ.ब. २०७५/०७६ मसान्तमा ६/६२ तथा आ.ब. २०७६/०७७ मसान्तमा ५/५३ प्रतिशतमा कायम गर्न सफल भएका छौ । त्यसैगरी ग्राहक संख्यामा व्यापक वृद्धि, औधोगिक ग्राहकलाई सहज जडान वातावरण, व्यापक चुहावट नियन्त्रण कार्यक्रमहरु संचालन साथै २०७४ फाल्गुनपछि इलष्लिभ प्रविधिहरुको सहज प्रयोग गर्ने वातावरण मिलाएपश्चात आय संकलनमा पनि उल्लेख्य वृद्धि भएको छ । जसको परिणाम स्वरूप आ.ब. २०७३/०७४ मा वार्षिक ८ करोड ३७ लाख भएको राजश्व संकलन आ.ब. २०७४/०७५ मा बढेर वार्षिक १२ करोड ६६ लाख, आ.ब. २०७५/०७६ मा वार्षिक २७ करोड ६० लाख, त्यसै गरि Covid-19 को असरका बाबजुद पनि आ.ब. २०७६/०७७ मा वार्षिक २६ करोड ३८ लाख र आ.ब. २०७७/०७८ को साढे ४ महिना मङ्सिर मध्यान्तरसम्म १० करोड २२ लाख राजश्व संकलन गर्न सफल भएका छौ ।

विगत ४/५ बर्षको निरन्तर कार्ययोजना , कार्यालयको सिमित बजेटको उच्चतम सदुपयोगबाट तुलनात्मकरुपमा भरपर्दो ११ के.भी. लाईन संरचना विस्तार गरि करिब ५५ वटा ३३/०.४ के.भी. र के.भी. का वितरण ट्रान्सफर्मरहरुलाई ११/०.४ के.भी.रके.भी. का वितरण ट्रान्सफर्मरहरुबाट बदलि गरि सकेसम्म सहज र भरपर्दो बिद्युत सेवा संचालन गर्न सफल भएका छौ ।

तपाईले यहाँ विवरण प्रस्तुत गरिरहंदा अर्घाखाँची जिल्लामा पटक(पटक बिद्युत अबरोध भईरहन्छ भन्ने आम-जनगुनासो पनि छ नि, यसमा के भन्नुहुन्छ तपाई ?

हो म कर्ममा विस्वास गर्ने प्राबिधिक : हाम्रा सम्पूर्ण कर्मचारीहरुको शतप्रतिशत योगदान, सिमित श्रोत साधनहरुको उच्चतम प्रयोगका बाबजुद पनि यस कार्यालय अन्तर्गतका स्थानहरुमा प्राबिधिक हिसाबले हुनु पर्ने संरचनाहरु नभएका कारण, यथेस्ट श्रोत र साधनहरुको अभाबका कारण, साथै भोगोलिक विकटताका कारण पनि एक प्राबिधिक ब्यबस्थापकीय हिसाबले पूर्ण रुपमा सहज र भरपर्दो विद्युत सेवा हुन नसकेको कुरा म स्वीकार गर्दछु ।

अत्यधिक वन क्षेत्रमा भएको विद्युतीय लाईन संरचना भौगोलिक हिसाबले कठिन भू-बनोट खासगरि शितगंगा नगरपालिकामा बर्षायाममा हुने असहज सडक पहुचका कारण तत्काल बिद्युत मर्मत सम्भारमा असहज हुने गर्दछ ।

यसलाई अलि प्रस्ट पारिदिनुहोस् न?

प्रथम कुरा यस जिल्ला तथा कार्यालयको कार्यक्षेत्र अन्तर्गतका स्थानहरुमा आउने विद्युत श्रोत धेरै ठाउँहरु बाट आउने गर्दछ । मुख्यगरी २ वटा श्रोतहरु( झिमरुक पावर हाउस – प्युठान -अर्घाखाँची ३३ के.भी. तथा बुटवल – पाल्पा- गुल्मी-अर्घाखाँची ३३ के.भी. लाईन साथै अरु बिभिन्न ६ ठाउँबाट बिद्युत आउने हुँदा सेवा प्रवाहमा केहि समस्या हुन्छ । यहाँलाई अझ प्रस्ट पारौं : अत्यधिक लामो ( करिब १८० कि.मि. ) ३३ के.भी. लाईन, ३३ के.भी. लाईनमा नै करिब ८० वटा भन्दा बढी ३३र०.४ के.भी. रके.भी. का वितरण ट्रान्सफर्मरहरु भएका कारण समस्या हुने गर्दछ । त्यसैगरी अत्यधिक वन क्षेत्रमा भएको विद्युतीय लाईन संरचना भौगोलिक हिसाबले कठिन भू-बनोट खासगरि शितगंगा नगरपालिकामा बर्षायाममा हुने असहज सडक पहुचका कारण तत्काल बिद्युत मर्मत सम्भारमा असहज हुने गर्दछ ।

अनि त्यसो भए समाधान के छ त ?

हामीले यस कार्यलयको सम्पूर्ण श्रोत र साधनहरुको उच्चतम प्रयोग गरेका छौं । अर्घाखाँची वितरण केन्द्रअन्तर्गतका स्थानहरुमा हुने विद्युतीय समस्या समाधान गर्ने उद्देश्यले यस वितरण केन्द्रको कार्यक्षेत्रभित्र केन्द्रस्तरबाट १३२ के.भी प्रशारण लाईन आयोजना (फुदबांगमा १३२/३३ के.भी. सबस्टेशन) र २ वटा ( हंसपुर, दुर्गाफाँट) ३३/११ के.भी. सबस्टेशन , प्रादेशिक कार्यालयबाट १ वटा ठाडा ३३/११ के.भी. सबस्टेशन आयोजना निर्माणाधीन छन् । यी सबस्टेशन आयोजनाहरु समयमै सम्पन्न भएपश्चात विद्युत सेवा थप भरपर्दो र ग्राहक मैत्री हुनुका साथै उद्योग ब्यबसाय संचालन गर्न सहज हुनेछ ।

तत्कालको बिद्युत अनियमित समस्या समाधान भनेको निर्माणाधीन ३३/११ के.भी. सबस्टेशन आयोजनाहरु (ठाडा,हंसपुर, दुर्गाफाँट) समयमै सम्पन्न भई सुचारु हुनु नै हो । दीर्घकालीन रुपमा १३२ के.भी. मोतिपुर-सन्धिखर्क-तम्घास-पौदी अमराई – बुर्तिबाङ आयोजनाको १३२/३३/११ के.भी. फुदबाङ सबस्टेशन सम्पन्न भई सुचारु भएपछी अर्घाखाँची वितरण केन्द्रअन्तर्गतका स्थानहरुमा बिद्युत अनियमित हुने समस्या सधैका लागि समाधान हुनेछ ।

यहाँको महत्वपूर्ण समय अनि संवादको लागि धन्यबाद,अन्त्यमा केहि भन्नु छ कि ?

यहाँलाई पनि मेरो अनुभव , आम समाजको प्रतिबिम्बको रुपमा यहाँले प्रस्तुत गर्नु भएको प्रश्नको जवाफ र कार्यालयसंग सम्बन्धित कुराहरु राख्ने मौका प्रदान गर्नुभएकोमा धेरै धेरै धन्यबाद ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री