शनिबार, १५ वैशाख २०८१

सन्नी देओललाई कोरोना भाइरसको संक्रमण

समयपोष्ट २०७७ मंसिर १७ गते १२:१३

Advertisement

बलिउड अभिनेता सन्नी देओललाई कोरोना भाइरसको संक्रमण भएको छ ।

सन्नी आफैले ट्वीट गरेर आफूमा कोरोना पोजेटिभ देखिएको जानकारी दिएका हुन् ।

सन्नीले आफ्नो कोरोना टेष्ट गराएका थिए । जसमा रिपोट पोजेटिभ आएको छ । सन्नी पछिल्लो समय मनालीको दशाल गाउँमा रहेका छन् । उनी परिवार सहित केही अगाडि मनाली पुगेका थिए । उनी आउँदा पनि परिवारसहित उनको पनि कोरोना टेष्ट गरिएको थियो । सो समय सबैको रिपोट नेगेटिभ आएको थियो ।

उनका परिवार भने मनालीबाट फर्किसकेका छन् । उनी पनि भोलि फर्किने तरखरमा थिए । त्यसैले पनि उनले कोरोना परीक्षण गराएका थिए । उनमा संक्रमण भेटियो । अहिले उनी स्वस्थ्य रहेका र कटेजमा बसिरहेको समाचारमा जनाइएको छ ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री