सरकारले भारतसँग जोडिएका प्रदेश ७ का कञ्चनपुर, कैलाली, दार्चुलालगायत जिल्लाका विवादित सीमा क्षेत्रको सर्वेक्षण गर्न नापी विभागको टोली खटाएको छ ।
कैलालीको लालबोजी, कञ्चनपुरको पुर्नवास, दार्चुलाको कालापानीलगायत क्षेत्रमा लामो समयदेखि सीमा विवाद चर्किंदै आएपछि सरकारले नापी विभागका प्रमुख अधिकृत सुदर्शनसिंह धामीको नेतृत्वमा काशीलाल चौधरी, पूर्णबहादुर खड्का, महादेव भट्ट, दिकेश शंखदेवसहित सात जनाको सर्भे टोली पठाएको खबर आजको अन्नपूर्ण पोस्टमा छ ।
कञ्चनपुरको पुर्नवासमा सीमा विवादकै कारण नौ महिनाअघि भारतीय प्रहरीको गोली लागेर स्थानीय गोविन्द गौतमको ज्यान गएको थियो भने दार्चुलाको कालापानीमा लामो समयदेखि विवाद टुंगो लाग्न सकेको छैन ।
कैलाली, बैतडी, डडेल्धुरालगायत जिल्लामा पनि जंगेपिलर सारिएका, हराएकालगायत थुप्रै विवाद देखिएका छन् ।









प्रतिक्रिया