मंगलबार, ४ कार्तिक २०८२

सरकारी जग्गा कब्जा गरेर संरचना निर्माण हुन थालेपछि…

समयपोष्ट २०७४ पुष १० गते २:४३

महेन्द्रनगर नगर विकास समितिको जग्गा कब्जा गरेर महेन्द्रनगर बजार क्षेत्रमा धमाधम संरचना निर्माण हुन थालेपछि समिति गठन गरी छानबिन प्रक्रिया अगाडि बढाइएको छ ।

Advertisement

नेकपा(एमाले) का उपसचिव रणबहादुर महराको संयोजकत्वमा विभिन्न दल र सरकारी निकायका प्रतिनिधि सदस्य रहने गरी छानबिन उपसमिति गठन गरिएको छ । समितिमा नेकपा (माओवादी केन्द्र)का नेता गगनबहादुर सिंह, नेपाली काँग्रेसका टेक कठायत, महेन्द्रनगर नगर विकास समितिका सदस्य देवराज मिश्र, नापी र मालपोत कार्यालयका प्रतिनिधि सदस्य छन् ।

सहरी विकास तथा भवन निर्माण विभाग धनगढीका इञ्जिनियर समितिमा सदस्य सचिव छन् । समितिका सदस्य काँग्रेसका कठायतले यसअघि समितिको अवैध जग्गा कब्जा प्रकरणमा असन्तुष्टि जनाउँदै नगर विकास समितिको सदस्यबाट राजीनामा दिएका थिए ।

समितिका उपसंयोजक महराले नगर विकास ऐनविपरीत कब्जा गरिएको जग्गा र त्यसमा निर्माणाधीन सबै संरचनाको छानबिन गरिने जानकारी दिए । “कानून मिचेर के–कस्ता कार्य भएका छन्, त्यसको छानबिन गर्छौं”– उनले भने ।

समितिलाई छानबिनका लागि एक महिनाको समय सीमा दिइएको छ । तोकिएको समयमा छानबिन पूरा गर्न समितिले कार्य अघि बढाएको संयोजक महराले बताए।

Advertisement

नगर विकास समितिका केही अध्यक्षसँग सम्झौता गरिएको कागज देखाउँदै समितिको जग्गा कब्जा गरी भौतिक संरचना निर्माण गरिएका छन् । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको मौका छोपेर सबैभन्दा बढी अवैध संरचना निर्माण गरिएका छन् ।
रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री