शुक्रबार, १४ वैशाख २०८१

उपेन्द्रले राष्ट्रपतिलाई भने ‘सकारकारले पेश गरेको अध्यादेश रोक्न मिल्दैन’,

समयपोष्ट २०७४ पुष ९ गते ७:२३

राष्ट्रपति विद्यादेवी भण्डारी र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यावदबीच भेटवार्ता  सकिएको छ ।

Advertisement

आईतबार राष्ट्रपती भवन शितल निवासमा भएको भेटवार्तामा राष्ट्रिय सभा सदस्य निर्वाचनसँग जोडिएको अध्यादेशका बारेमा छलफल भएको थियो ।

छलफलमा सहभागी फोरमका सहअध्यक्ष राजेन्द्र श्रेष्ठका अनुसार छलफलका क्रममा अध्यक्ष यादवले सरकारले अध्यादेश पेश गरिसकेपछि राष्ट्रपतिले लामो समय रोक्दा गलत सन्देश जाने भन्दै त्यसलाई प्रमाणिकरण गर्न सुझाव दिएका छन् ।

जवाफमा राष्ट्रपति भण्डारीले आफु अध्यादेश रोक्ने पक्षमा नभएको जानकारी दिँदै दलहरुले सहमति जुटाए त्यसको सन्देश थप राम्रो जाने भन्दै सहमतिमै जोड दिएको बताईएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री