मंगलबार, ११ वैशाख २०८१

आज नेप्सेमा तिन कम्पनीको सेयरमुल्य समायोजन

समयपोष्ट २०७४ पुष ९ गते ५:५७

आईतबार नेप्सेमा तिन कम्पनीको बोनसपछिको  सेयरमुल्य समायोजन भएको छ । आज  नेरुडे लघुवित्त ,सूर्योदय लघुवित्त र सिर्जना फाइनान्सको सेयरमूल्य समायोजन भएको हो ।

Advertisement

नेरुडे लघुवित्तको १३ प्रतिशत बोनसलाई समायोजन गरि नेप्सेले प्रतिकित्ता सेयरमूल्य ८६९ रुपैयाँ निर्धारण गरेको छ । कम्पनीको औसत आधारमूल्य ९५९ रुपैयाँ निर्धारण भएको छ ।

नेप्सेले जनाएअनुसार सूर्योदय लघुवित्तको १९ प्रतिशत बोनसपछि प्रतिकित्ता सेयरमूल्य ११०८ रुपैयाँ कायम भएको छ । कम्पनीको १८० दिनको सेयर कारोबारका आधारमा औसत आधारमूल्य ६०४ रुपैयाँ निर्धारण भएको छ ।

यसैगरी सिर्जना फाइनान्स कम्पनीको ३२.५ प्रतिशत बोनसलाई समायोजन गरि आईतबार नै नयाँ मूल्य निर्धारण भएको छ । नेप्सेले फाइनान्सको समायोजित सेयरमूल्य ३३८ रुपैयाँ तथा आअ‍ैसत आधारमूल्य ३२८ रुपैयाँ निर्धारण गरेकोे छ । ।

तीनवटै कम्पनीको सेयर कारोबार आईतबार समायोजित मूल्यलाई आधार मानेर खुलेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री