शुक्रबार, १४ वैशाख २०८१

‘तीन हप्ता भित्र पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार’

समयपोष्ट २०७४ पुष ८ गते ९:१७

नेकपा एमालेका सचिव प्रदिप ज्ञवालीले तीन हप्ता भित्र पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार बन्ने दावी गरेका छन् ।

Advertisement

शनिबार काठमाडाैंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले २ दिन भित्र प्रतिनिधिसभा समानुपातिक तर्फको मत परिणाम घोषणा हुनेवित्तिकै सरकार गठन प्रक्रिया अघि बढने स्पष्ट पारे ।

उनले सरकार गठनको विषयलाई राष्ट्रिय सभाको निर्वाचनसँग जोडेर अनावश्यक भ्रम सृजना गर्न खोजिएको आरोप पनि लगाए ।

सचिव ज्ञवालीले सरकार गठनसँगै माओवादी केन्द्रसँगको पार्टी एकता प्रक्रिया दुवै पार्टीको योगदानको उच्च सम्मान गर्दै अघि बढने पनि बताए । उनले  दुई पार्टीबीच एकता हुँदा नेताहरुले आफ्नो क्षमता र योगदान अनुसारको जिम्मेवारी पाउने पनि उल्लेख गरे ।

सचिव ज्ञवालीले दुवै पार्टीबीच ओलीलाई सरकारको नेतृत्व दिने विषयमा कुनै विवाद नरहेको दावी पनि गरे । सचिव ज्ञवालीले नयाँ सरकारको सम्पूर्ण ध्यान आर्थिक समृद्धिमा केन्द्रित हुने  प्रतिवद्धता पनि व्यक्त गरे

उनले मुलुकमा राजनीतिक स्थिरता कायम गरी आर्थिक समृद्धिको दिशामा अघि बढने चुनावी घोषणा पत्र कार्यान्वयनमा नयाँ सरकारको सम्पूर्ण ध्यान केन्द्रित हुने स्पारे ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री