बिहीबार, ६ वैशाख २०८१

एसइई परीक्षा तयारीका लागि विद्यालयलाई थप सुबिधा

समयपोष्ट २०७४ पुष ८ गते ६:०८

जिल्ला शिक्षा कार्यालय महोत्तरीले एसइई परीक्षा तयारीका लागि हरेक सामुदायिक विद्यालयलाई रु २५ हजार दिएको छ ।

Advertisement

आगामी चैत महिनामा हुन लागेको एसइई परीक्षामा सहभागी हुने विद्यार्थीलाई लक्षित गरी अतिरिक्त कक्षा सञ्चालन गर्नका लागि सो रकम उपलब्ध गराइएको हो ।

जिल्लाको ८५ वटा सामुदायिक विद्यालयका विद्यार्थीलाई अंग्रेजी, विज्ञान र गणित विषयको पाठ्यपुस्तक पूर्णरुपमा तयारी गराउनका लागि रु २१ लाखभन्दा बढी रकम छुट्याएको जिल्ला शिक्षा अधिकारी ठूलोबाबु दाहालले जानकारी दिए ।

सम्बन्धित विद्यालय वा अन्य शिक्षकद्वारा पूर्णरुपमा सो विषयका कोर्ष तयारी गर्ने शिक्षकलाई सो रकम दिइने जिल्ला शिक्षा अधिकारी दाहालले बताए ।

महोत्तरीमा २० वटा निजी तथा ८५ वटा सामुदायिक गरी १०५ माविका आठ हजारभन्दा बढी विद्यार्थी सो परीक्षामा सहभागी हुने बताइएको छ ।रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री