शनिबार, १५ वैशाख २०८१

जनसंख्या तथा वातावरण मन्त्रालयअन्तर्गतका निकायहरुको भौतिक तथा वित्तिय प्रगती यस्तो देखियो

समयपोष्ट २०७४ पुष ७ गते १६:०८

जनसंख्या तथा वातावरण मन्त्रालयअन्तर्गतका निकायहरुको समग्र भौतिक प्रगति ५२.३२ प्रतिशत र वित्तीय प्रगति ३३.५३ प्रतिशत रहेको पाइएको छ ।

Advertisement

जनसंख्या तथा वातावरणमन्त्री मिथिला चौधरीको अध्यक्षतामा मन्त्रालयअन्तर्गतका निकायहरुको आज बसेको प्रथम चौमासिक समीक्षा बैठकमा सो जानकारी दिइएको हो ।

बैठकमा मन्त्री चौधरीले आव २०७४÷०७५ को प्रथम चौमासिक अवधिमा केही कार्यक्रमहरुको प्रगतिको अवस्था सन्तोषजनक र केहीको निरासाजनक रहेको बताउँदै आवको बाँकी समयमा लक्षित कार्यक्रम सम्पन्न गर्न निर्देशन दिईन् ।

उनले कार्यक्रमहरु कार्यान्वयन तहमा आइपरेको कठिनाइ समाधानका मन्त्रालयको तहमा वा अन्तर निकायगत तहमा समन्वयका लागि आफू तयार रहेको बताईन् ।

कार्यक्रममा मन्त्रालयका सचिव प्रकाश माथेमाले प्रथम चौमासिक अवधिमा सम्पादित भएको कामहरुको समग्र मूल्याङ्कन सन्तोषजनक रहे पनि बाँकी अवधिमा थप सजगताका साथ कार्यक्रमहरु सम्पादन गर्नु पर्ने बताए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री