शनिबार, ८ वैशाख २०८१

जेरुसलेमलाई इजरायलको राजधानी बनाउने ट्रम्पको निर्णय मतदानबाटै यसरी उल्टियो

समयपोष्ट २०७४ पुष ७ गते १५:०६

राष्ट्रपति डोनल्ड ट्रम्पले राष्ट्रसंघमा जेरुसलेमबारे मतदानमा अमेरिकाको विपक्षमा उभिने देशहरू विरुद्ध आर्थिक सहायता रोक्कागर्ने चेतावनी दिए पनि अमेरिकाको विरुद्धमा मतदान भएको छ ।

Advertisement

राष्ट्रसंघको महसभाका सदस्यहरूले बिहीवार जेरुसलेमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने ट्रम्पको निर्णयलाई आलोचना गरेको एउटा प्रस्तावमाथि गरेको मतदानमा अमेरिका विरुद्ध उभिएका छन् ।

अरब र मुस्लिम देशहरूको माग बमोजिम १ सय ९३ सदस्यीय महासभाको आपतकालिन सत्र बिहीवार बोलाइएकोे थियो र जेरुसेलमलाई इजरायलको राजधानी मान्ने अमेरिकी निर्णयाको पक्ष र विपक्षमा मतदान भएको थियो ।

सो मतदान अमेरिकाको विरुद्धमा भएको छ । उक्त मतदानमा जेरुसेलमलाई राजधानी मान्ने पक्षमा निकै थोरै मात्र मत खसेको थियो ।

संयुक्त राष्ट्रसंघको महासभाले अत्यधिक बहुमतबाट जेरुसलेमलाई इजरायलको राजधानीको रुपमा मान्यता दिने अमेरिकी निर्णयलाई अस्वीकार गरिदिएको छ ।

सो प्रस्तावको पक्षमा अर्थात जेरुसेलमलाई राजधानी मान्ने पक्षमा ९ मात्र र नमान्ने पक्षमा १२८ मुलुकहरूले मतदान गरेका थिए । मतदानको समयमा ३५ वटा मुलुक भने अनुपस्थित रहेका थिए ।

आफ्नो प्रशासनको विपक्षमा उभिने देशहरूलाई सहायता रोक्ने चेतावनी राष्ट्रपति ट्रम्पले दिएका थिए । सो चेतावनी दिने क्रममा उनले वाशिङटनको ठूलो परिमाणको रकम जोगिने समेत उल्लेख गरेका थिए ।

मस्यौदा प्रस्तावमा जेरुसलेमलाई इजरायलको राजधानीको रूपमा मान्यता दिने ट्रम्पको निर्णय उल्ट्याउन माग गरिएकोे छ । महासभामा विशेषाधिकार प्रयोग गर्न नपाइने भएकाले त्यो सहजै पारित हुने अपेक्षा मस्यौदाका प्रस्तावकहरूले गरेका थिए । तर परिणाम भने त्यस्तो आएन ।रासस/एएफपी

प्रतिक्रिया

सम्बन्धित सामाग्री