शनिबार, १५ वैशाख २०८१

प्रहरी र म्यादी प्रहरीबीच झडप, एक जना म्यादीको मृत्यु 

समयपोष्ट २०७४ पुष ७ गते १३:४९

प्रहरी र म्यादी प्रहरीबीच झडप हुँदा आज एक जना म्यादी प्रहरीको मृत्यु भएको छ ।

Advertisement

तलबको विषयलाई लिएर म्यादी प्रहरीले गरेको शान्तिपूर्ण जुलुसमा प्रहरीले गोली चलाउँदा म्यादी प्रहरी शान्नित्रिवेणी गाउँपालिका–४ का विवेक ऐडीलाई लागी गम्भीर घाइते भएकामा जिल्ला अस्पतालमा उपचारका क्रममा केहीबेरअघि मात्र मृत्यु भएको छ ।

प्रहरीले म्यादी प्रहरीको तलब यसअघि रु २४ हजार भुक्तानी भइसकिएको र अब रु ३४ हजार २५० दिइने भने पनि चित्त नबुझेकाले विरोध जनाएर ज्ञापनपत्र बुझाउन आउँदा म्यादी प्रहरीमाथि लठ्ठी प्रहार भएको थियो ।

अहिले कालीकोटको अवस्था तनावग्रस्त छ ।
जिल्लामा शैक्षिक मेला भइरहेको अवस्थामा प्रहरीले अश्रुग्यास र गोली प्रहार गर्दा करिब १० बालबालिका हराइरहेको बताइएको छ । प्रहरीले माथिको आदेशभन्दा पनि मनोमानी तरिकाले गोली चलाएको आरोप म्यादी प्रहरीले लगाएका छन् ।

प्रहरीले भने आफूले अश्रुग्यास मात्र हानेको तर गोली नचलाएको जिकिर गरेको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री