शनिबार, ८ वैशाख २०८१

गण्डकी विकास बैंकको हकप्रद खुल्यो,आवेदन दिने अन्तिम मिती कहिले ?

समयपोष्ट २०७४ पुष ७ गते ७:२०

गण्डकी विकास बैंकले आजबाट ४ बराबर १ को अनुपातमा हकप्रद शेयर निष्काशन गरेको छ । बैंकले चुक्ता पूँजीको २५ प्रतिशत अर्थात सय रुपैयाँ अंकित मूल्यमा ४६ लाख ९ हजार ८१५ कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । हकप्रद सेयरमा माघ ११ गतेसम्म आवेदन गर्न सकिनेछ ।

Advertisement

बैंकको सेयर बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । बैंकको हकप्रद सेयरमा विक्री प्रबन्धकको कार्यालय कमलादी, गण्डकी विकास बैंकका सम्पूर्ण शाखा कार्यालय, प्रभु बैंकका विराटनगर, विरगन्ज, नेपालञ्ज, सुर्खेत र तुलसीपुर शाखाबाट समेत हकप्रद फारम प्राप्त गर्न र बुझाउन सकिने क्यापिटलले जनाएको छ ।

सेयरमा मंसिर १४ गतेसम्म नेप्सेमा कारोबार भई कायम साविक शेयरधनीहरुले आवेदन दिन सक्नेछन् ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री