बिहीबार, १५ चैत २०८०

समानुपातिकतर्फको सिट बाडफाँटको नतिजा आज २ बजेअघि सार्वजनिक गरिने

समयपोष्ट २०७४ पुष ७ गते ६:१६

निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिकतर्फको सिट बाँडफाँड आजै गर्ने तयारी गरेको छ ।

Advertisement

दिउँसो आयोगको बैठक बस्ने र त्यसपछि औपचारिक रुपमा सिट बाडफाँटसहितको नतिजा सार्वजनिक गरिने आयोगका  प्रवक्ता नवराज ढकालले जानकारी दिए । दकालका अनुसार  आयोगले २ बजेअघि नै नतिजा सार्वजनिक गर्ने तयारी गरेको छ ।

समानुपातिक तर्फको मतगणना पुस २ गते नै सकिएपनि आयोगले सिट बाँडफाँड भने आजमात्रै गर्न लागेको हो ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री