मंगलबार, ४ वैशाख २०८१

सौर्य मण्डलमा अनौठो अतिथि, स्टेफन हकीङ भन्छन्, ‘एलीयनको यान हुनसक्छ’

समयपोष्ट २०७४ पुष ६ गते ९:१५

समयपोष्ट
काठमाडौं । ब्रम्हाण्डको एउटा अनौठो अतिथि हाम्रो सौर्य मण्डलभित्र घुसेको छ । लाखौं वर्षको यात्रा गरेर हाम्रो सौर्यमण्डलमा आएको त्यो अतिथि एउटा लाम्चो आकारको पिण्ड हो, जसलाई देखेर पृथ्वीका बैज्ञानिक यतिबेला घोर आश्चर्यमा परेका छन् । ‘ओह माइ गड, इट्स अम्याजीङ’ भन्दै उनीहरु रोमांचीत पनि भइरहेका छन् । किनकी, त्यो हाम्रो सौर्य मण्डलभन्दा बाहीरबाट आएको पिण्ड हो ।

Advertisement

हाललाई ‘इन्टरस्टेलर एस्टोरोयड’ अर्थात सौर्यमण्डलभन्दा बाहीरको छुद्रग्रहको कोटीमा राखिएको त्यो पिण्डका बारेमा अनेक अडकालबाजी सुरु भएको छ । हबल टेलिस्कोपले आफ्ना कान र आँखा ठाडा पारेर त्यसलाई नियालीरहेको छ ।

‘यसलाई हेर्न हामीसँग थोरै समय छ । किनकी, यो हाम्रो सौर्य मण्डलबाट क्रमश बाहीर गइरहेको छ । एक वर्षसम्म यो हाम्रो सौर्य मण्डलको अतिथि हो’, अमेरीकी अन्तरीक्ष सँस्था नासाका प्लानेटरी डिफेन्स अफीसर लिन्डले जोन्सनले भनेका छन् ।

गत नोभेम्बर एकमा मँगल ग्रहको कक्ष नजिकैबाट गएको त्यो छुद्र ग्रह आगामी २०१८ को मइमा बृहस्पती ग्रहको कक्षबाट गुज्रनेछ भने सन् २०१९ को जनवरीमा त्यो शनि ग्रहको कक्ष भएर गुज्रनेछ र त्यतैबाट त्यो हाम्रो सौर्य मण्डलबाट बाहीर निस्कनेछ । यो पिण्ड कसरी बाहीरबाट हाम्रो सौर्यमण्डलमा आयो ? त्यसबारेमा खोज अनुसन्धान सुरु भएको छ ।

वैज्ञानिकहरुले त्यस्तो चम्कीलो छुद्र ग्रह पहिला देखेका थिएनन् । अमेरीकी अन्तरीक्ष सँस्था नासाको सेन्टर फर नियर अर्थ अब्जेक्ट स्टडीजका मेनेजर पाउल चोडेस पनि यतिबेला आश्चर्यचकित छन् । उनले भनेका छन्,, ‘हामीले सौर्य मण्डलमा एस्टोरोयडहरुको खोजी एकदशकदेखि गर्दै आएका थियौं । तर, यस खालको एस्टोरोयड देखेका थिएनौं । यो नयाँ एस्टोरोयड अनौठो सेपमा छ ।’ नासाकै सेन्टर फर नियर अर्थ अब्जेक्ट अब्जरभेसन कार्यक्रमकी केली फास्टले भनीन, ‘हाम्रो लागि त्यो बडो आश्चर्यको क्षण थियो, जब हामीले एउटा लाम्चो आकारको पिण्ड देख्यौं ।’

अन्तरीक्षको हुलाकी

आम रुपमा ब्रम्हाण्डमा हुने छुद्र ग्रहहरु डल्लो आकारका हुन्छन् । हालै फेला परेको अनौठो छुद्र ग्रह भने लाम्चो आकारको छ । पिण्ड झट्ट हेर्दा कुनै यानजस्तो पनि देखिन्छ । सोही कारण महान भौतिकबादी स्टेफन हकिङलगायतका कतिपय खगोलबिदहरुले त त्यो अन्य ग्रहका प्राणी (एलीयन)हरुको यान हुनसक्ने दाबी पनि गरीसकेका छन् । हुन पनि यसको नाम ‘ओमुवामुवा’ राखिएको छ । हवाई भाषाबाट राखिएको यो शब्दको अर्थ बमोजिम यो एउटा यस्तो सन्देशबाहक पिण्ड हो, जसलाई हामीसम्म पु¥याउन अर्कैै लोकबाट लाखौं वर्ष पहिले पठाइएको हो । अर्थात अर्को कुनै ग्यालेक्सीमा भएका मानिस या एलीयनहरुले सन्देशबाहक पठाएका हुन् भन्ने अर्थमा यो नाम राखिको हो ।

विभिन्न दुरबीनहरुबाट नियाल्दा बैज्ञानिकहरुले के पाए भने यो पिण्डले नाटकिय ढँगले आफ्नो चमक र रँगमा पनि फेरबदल ल्याइरहेको छ । १९ अक्टोबर २०१७ मा हवाइस्थित अन्तरीक्ष केन्द्रको सबैभन्दा ठूलो टेलिस्कोप ‘प्यान स्टार’बाट अवलोकन गर्ने क्रममा यो एस्टोरोयड पत्ता लगाइएको थियो । जम्मा चालिस मिटर चौडा यो छ्द्रग्रहको लम्बाइ भने चार सय मिटर छ ।

सुरुमा यसको कक्षलाई सही ढँगले ठम्याइएको थिएन, त्यसैले यसलाई कुनै धुमकेतुकै बर्गमा राखिएको थियो । अहिले आएर जब यसको कक्षलाई राम्ररी नियालीयो, तब के पत्ता लाग्यो भने यो हाम्रो सौर्यमण्डलमा उत्पत्ती भएको हैन, बरु कुनै अर्को सौर्य मण्डलबाट हाम्रो सौर्य मण्डलमा घुसेको हो । अर्थात यो हाम्रो सौर्य मण्डलको नौलो अतिथि हो ।

सुर्यको नजिक आएपछि बैज्ञानिकहरुले यसमा बढी ध्यान फोकस गरे । यो सुर्यको गुरुत्वाकर्षण क्षेत्र (होलस्पेयर)भन्दा पनि परबाट आएको पाइयो । अनि यसलाई एउटा ‘इन्टरस्टेलर एस्टोरोयड’मा बर्गीकरण गरियो । चिलिस्थित यूरोपीयन साउर्दन अब्जरभेटीभको विशाल टेलिस्कोपमार्फत विश्वका खगोल वैज्ञानिकहरुले अध्ययन गर्दा यो पिण्डले हाम्रो सौर्य मण्डलमा प्रवेश गर्नुपहिले लाखौं वर्षदेखि अन्तरीक्षमा यात्रा गरीरहेको पाइयो ।

यसको कक्षीय अध्ययनबाट यो छुद्र ग्रह सुर्यभन्दा पनि निकै चम्कीलो तारा भेगाकै दिशाबाट आएको अनुमान गरिएको छ । प्रति घन्टा ९५ हजार किलोमिटरको रफ्तारले सौर्य मण्डलसम्मको यात्रा गरेको यो पिण्डले हाम्रो सौर्य मण्डलमा प्रवेश गर्दा पृथ्वीबाट यसको दुरी २४ करोड किलोमिटर पर थियो । यो रातो र कालो रंग मिसिएको एस्टोरोयड लाम्चो आकारको छ । जसलाई ‘सिगार सेप एस्टोरोयड’को सँज्ञा समेत दिइएको छ ।

एलीयनको यान हो त ?

अनन्त कोटी ब्रम्हाण्डले भरीएको यो विराट अस्तीत्वमा के हामी एक्लौं प्राणी हौं त ? हाम्रो सौर्य मण्डलको ‘होलेस्पेयर’भन्दा पनि लाखौं करोडौं वर्ष पर कुनै अर्को सौर्य मण्डलमा पृथ्वीमा जस्तै जिवहरु बाँचीरहेका छन् की ? बेला बेलामा पृथ्वीको आकाशमा देखापर्ने यूएफओ (अन आइडेन्टीफाइड अब्जेक्ट) कतै तिनै प्राणी या एलीएनहरुकै यान त हैनन् ? भन्ने जिज्ञासाको अझै प्रमाणित हल निस्कन सकेको छैन । वैज्ञानिकहरुले पृथ्वीभन्दा बाहीर अन्त कतै प्राणीको अस्तीत्व छ कि भनेर खोज अनुसन्धान जारी राखेका छन् । आकाशमा रेडियो सिग्नल फाल्ने काम जारी छ । यताबाट गएको सिग्नल ग्रहण गरी ब्रम्हाण्डको कुनै कुनाबाट जवाफी सन्देश आउने आशमा मानव प्रतिक्षारत छ । यही खोज चलीरहेकै बेला हाम्रो सौर्य मण्डलमा हालै एउटा नयाँ अतिथिको प्रवेश भएको हो ।

सौर्य मण्डलभन्दा बाहीरबाट पिण्ड लाखौं वर्षको यात्रा गरेर आएको पिण्ड के कुनै अन्य लोकको सन्देश बोकेर आएको हो त ? नहोला भन्न पनि सकिन्न । किनकी, पृथ्वीभन्दा लाखौं करोडौं प्रकाश वर्ष परको अर्को दुनियाबाट समेत ब्रम्हाण्डका प्राणीहरुको खोजी भइरहेको पनि हुनसक्छ । महान बैज्ञानिक स्टेफन हकीङले यसलाई ‘एलीयनहरुको स्पेशसिप’ हुनसक्ने दावी गरीसकेका छन् । पृथ्वीका बासीन्दाले हाल अन्तरीक्षमा पठाइरहेको रेडियो सिग्नल पाएर कतै हाम्रो सौर्य मण्डलको चियो गर्न उनीहरु आएका हुन् कि ? भन्ने आशँका पनि कतिपय खगोलवीदहरुको छ ।

पृथ्वीका बासीन्दाले पनि धेरै वर्ष पहिले एउटा सन्देशबाहक यान सुदुर अन्तरीक्षमा पठाइसकेका छन् । पृथ्वीका बासीन्दाले सौर्य मण्डलभन्दा बाहीरको ग्रहका अध्ययनका लागि सन् १९७७ मै पृथ्वीबाट ‘भ्वायजर’ नामक विमान अन्तरीक्षमा पठाइसकेका छन् । त्यो यानले हालसम्म पृथ्वीबाट १९ खरब किलोमिटर परको यात्रा गरीसकेको छ । भ्वायजर विमानको रफ्तार कति तिब्र छ भने उसले पठाएको सिग्नल पृथ्वीसम्म आइपुग्न १७ घन्टा लाग्छ । १२ सेप्टेम्बर, २०१३ मा भ्वायजर बिमान सौर्य मण्डलको प्रभावबाट मुक्त भइ अर्कै सँसारमा प्रवेश गरीसकेको छ । सुरुमा बृहस्पती, शनि आदि ग्रहको अध्ययनको लागि पठाइएको त्यो यान अहिले अन्तरीक्षको गहिराइमा घुसीसकेको छ र त्यसले अहिले पनि पृथ्वीमा सन्देश पु¥याइरहेको छ ।

भ्वायजर यानको विशेषता के हो भने त्यसमा पृथ्वीका बारेमा सारा डाटा सँरक्षण गरीएको छ । अर्थात, पृथ्वीको भुभागका सकेसम्म बढी चित्र, पृथ्वीमा बोलीने भाषा, सँस्कृति, हावा, पानी, यहाँका मानिसहरुको अनुहारलगायत यसको उत्पत्तीदेखिको अर्थ प्रोफाइल एउटा बक्सामा रेकर्ड गरेर पठाइएको छ । त्यो यान उडदै उडदै सुदुर अन्तरीक्षमा यात्रा गर्ने क्रममा अर्को कुनै ग्यालेक्सीको सौर्य मण्डलमा रहेका मानव या चेतनशील प्राणीले फेला पारेमा पृथ्वीका बारेमा थाहा पाउन सकून् भन्ने उद्देश्यले ति डाटा पठाइएको थियो ।

जसरी हामी पृथ्वीका बासीन्दाले यो बिराट अस्तीत्वमा अन्यत्र पनि चेतनशील प्राणीको अस्तीत्वका बारेमा खोजीरहेका छौं, ठिक त्यसैगरी अर्को सौर्य मण्डलका प्राणीले पनि त्यस्तै खोज गरीरहेका हुनसक्छन् । त्यसो भएमा भ्वायजर यानमा रहेको ‘पृथ्वी परिचय’ उनीहरुका लागि काम लाग्नसक्छ । यसरी पृथ्वीका सारा डाटा यानमा राखेर पठाउनुको अर्को पनि महान उद्देश्य थियो । कालान्तरमा केही गरी यो पृथ्वी ग्रह बस्न लायकको भएन या कुनै बडेमाको एस्टोरोयड ठोक्किएर यहाँको जिवन समाप्त भयो भनेपृथ्वी ग्रह पनि मँगल ग्रह झैं बन्जर र रुखो हुनसक्छ । अनि सदाका लागि यो पृथ्वी ग्रह, यहाँका प्राणी, यहाँका सभ्यता, सँस्कृति र जिवन लोप भएर जानेछ । त्यस्तो बेला भ्वायजरमा भएको पृथ्वी डाटा अन्तरीक्षमा सुरक्षीत रहनेछ र कालान्तरमा अर्को कुनै ग्रहका प्राणीले त्यो फेला पारेको खण्डमा सुर्यको वरीपरी घुम्ने तेश्रो ग्रहमा कुनै बेला प्राणी रहेछन् भनेर थाहा पाउनसक्छन् ।
ठिक यसैगरी अर्कै सौर्य मण्डलबाट हाम्रो एरीयामा घुसेको ओमुवामुवा पनि कतै त्यस्तै सन्देश या डाटा बोकेर आएको यान त हैन ? भन्ने प्रश्न कतिपय बैज्ञानिकहरुको मनमा उब्जीएको थियो । हाललाई यसलाई प्रमाणीत रुपमा छुद्र ग्रह नै मानिएको छ, यसले लाखौं वर्ष हाम्रै ‘मिल्की वे’ ग्यालेक्सीमा फन्को मारीरहनेछ । यदि त्यो लाम्चो आकारको पिण्ड कुनै यान हो भने त्यो आधा किलोमिटर लम्बाइ भएको विसाल यान मानिनेछ, जसभित्र एउटा सानो वस्ती सिँगै अटाउनसक्छ ।

के त्यो यान कतैबाट कतै गइरहेको चेतनशील मानिसहरुको यान हो त ? महान भौतिकशास्त्री स्टेफन हकीङका कल्पनाशील आँखाहरुले त्यसको पनि सम्भावना देखीरहेका छन् । स्टेफन हकीङले त पृथ्वीको सँकेत अन्तरीक्षमा पठाउने कुराको सख्त विरोध गर्दै आएका थिए । उनले त्यसरी सँकेत पठाइयो भने हामीभन्दा पनि चेतनशील र शक्तिशाली एलीयन्सले पृथ्वीमाथि हमला गर्न सक्ने चेतावनी दिइरहेका थिए । कतै ओमुवामुवा तिनै एलीयनहरुले हाम्रो सौर्यमण्डलको चियो गर्न पठाएको कुनै यान या सँयन्त्र त हैन । यसबारेमा एलीयनहरुका बारेमा अध्ययन गरीरहेका हकीङले भनेका छन्, ‘त्यो एलीयनहरुको स्पेश शीप पनि हुनसक्छ ।’

प्रतिक्रिया

सम्बन्धित सामाग्री