बिहीबार, १३ वैशाख २०८१

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका यसरी छुटे

समयपोष्ट २०७४ पुष ३ गते ६:३३

निर्वाचन विरोधी गतिविधिमा संलग्न रहेको आरोपमा पक्राउ परेका १० जनामध्ये आठ जनालाई  रिहाइ गरिएको छ ।

Advertisement

निर्वाचन बिथोल्ने गतिविधिको आशंकामा जिल्लाको विभिन्न ठाउँबाट पक्राउ परेकामध्ये दुई जनाको भने अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

प्रहरीले भोजपुर सदरमुकाम, सिद्धेश्वर, छिनामखु, बोयालगायत विभिन्न ठाउँबाट उनीहरूलाई नियन्त्रणमा लिएको थियो ।

निर्वाचन मत परिणाम सार्वजनिक भएसँगै उनीहरू तारिखमा छुटेका हुन् । पक्राउ परेका अन्य दुई जनाको विषयमा भने मुद्दा चलिरहेको प्रहरी निरीक्षक चरित्र विक्रम कार्कीले जानकारी दिए ।

उनीहरूलाई रु एक–एक हजार धरौटी लिएर तारिखमा छाडिएको सहायक प्रमुुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री