बिहीबार, १३ वैशाख २०८१

४४ विद्यालयका विद्यार्थीले देखाए यस्तो नृत्य

समयपोष्ट २०७४ पुष २ गते १४:२२

पोखराको प्रदर्शनी केन्द्रमा सञ्चालित दोस्रो बृहत् शैक्षिक प्रदर्शनी तथा १२औँ लोकनृत्य प्रतियोगिता आज सकिएको छ ।

Advertisement

‘एन प्याब्सन कास्कीको पहिचान, विद्यालय शिक्षामा व्यावहारिक ज्ञान’ मूल नाराका साथ नेशनल प्याब्सन कास्कीको आयोजनामा भएको तीनदिने सो कार्यक्रममा जिल्लाका ४४ विद्यालयका विद्यार्थीको सहभागिता रहेको थियो ।

विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउनाका साथै उनीहरुले हासिल गरेको सैद्धान्तिक ज्ञानलाई व्यवहारमा उतार्ने उद्देश्यले बृहत् शैक्षिक प्रदर्शनी आयोजना गरिएको थियो । विद्यार्थीको शिक्षण क्रियाकलापमा सहयोग पु¥याउने गरी विद्यार्थीबाटै विद्यालय शिक्षामा आधारित विषयगत पाठ्यक्रमअन्तर्गत स्थानीय स्रोत र साधनको प्रयोग गरी जीवनपयोगी निर्माण तथा आविष्कारका सामग्री शैक्षिक प्रदर्शनीमा राखिएको थियो ।

प्रदर्शनीमा विभिन्न विद्यालयका विद्यार्थी तथा अभिभावक गरी करिब ५० हजार दर्शकले प्रदर्शनी अवलोकन गरेको नेशनल प्याब्सन कास्कीका द्वितीय उपाध्यक्ष केशवशरण उपाध्यायले जानकारी दिए ।

प्रदर्शनी समापनका अवसरमा नेशनल प्याब्सनका केन्द्रीय अध्यक्ष ऋतुराज सापकोटाले उत्कृष्ट शैक्षिक प्रदर्शन गर्ने तथा लोकनृत्यमा प्रथम, द्वितीय र तृतीय हुने छात्रछात्रालाई पुरस्कार तथा प्रमाणपत्र वितरण गर्दै यस प्रकारको प्रदर्शनीले विद्यार्थीको अन्तरनिहित प्रतिभा प्रस्फुटनमा सघाउ पु¥याउने विश्वास व्यक्त गरे।

नेशनल प्याब्सन कास्कीका अध्यक्ष रामबहादुर मोचीको अध्यक्षतामा भएको सो कार्यक्रममा जिल्ला शिक्षा अधिकारी नरेन्द्र पौडेललगायतका वक्ताले शैक्षिक प्रदर्शनीको महत्वमाथि प्रकाश पार्नुभएको थियो । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री