शनिबार, १५ वैशाख २०८१

ट्रप प्रशासनले ओबामा कार्यकालको नियम उल्टायो, ‘एचवान बि’ भिसामा जीवनसाथीलार्इ काम गर्न रोक

समयपोष्ट २०७४ पुष २ गते ६:११

अमेरिकाले ‘एचवान बि’ भिसामा काम गरिरहेका श्रीमान वा श्रीमतीलार्इ  काम गर्न प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

Advertisement

पूर्व राष्ट्रपति बाराक ओबामाले आफ्नो कार्यकालमा  ‘एचवान बि’  भिसामा काम गर्नेहरुको पारिवारिक स्ट्रेस कम गर्न भन्दै  यो सुविधा दिएका थिए।

तर ट्रम्प प्रशासनले पूर्व राष्ट्रपति ओबामाको कार्यकालमा बनेको यो नियम उल्टाईदिएका छन् । ट्रम्प प्रशासनको यो निर्णयसंगै ‘एचवान बि’ भिजामा अमेरिकामा बसोबास गर्दै आएकालाई समस्या पर्ने देखिएको छ ।

के हो ‘एचवान बि’ भिसा ?

‘एचवान बि’ अमेरिकाका कम्पनीहरुमा काम गर्ने विदेशीहरुका लागि दिइने भीसा हो जुन तीन वर्षको लागि दिने गरिन्छ यो थप तीन वर्षको लागि रिन्यू गर्न पाइने सुविधा  छ ।

अहिलेसम्म अमेरिकाले ‘एचवान बि’ भिसाधारीहरुको श्रीमान वा श्रीमतीलार्इ ‘एच -फोर’ डिपेन्डेन्ट भिसामा काम गर्ने अनुमति प्रदान गरेको थियो ।

तर  नयाँ निर्णयले ‘एचवान बि’ भिसाधारीको जीवनसाथीले प्राविधिक क्षेत्रमा काम गर्न पाउने नियम खारेज गरिएको छ।

उनीहरुले ‘टेक्निकल फिल्ड’मा बाहेक अन्यमा काम गर्न भने छुट दिएको बताइएको छ। ट्रम्पले गत अप्रिलमा ‘बाइ अमेरिकन हायर अमेरिकन’ प्रस्तावमा हस्ताक्षर गरिसकेपछि यसलार्इ लागु गर्न बिभिन्न स्किमहरु ल्याएका छन् । यो निर्णय पनि त्यसै प्रस्ताव अनुरुप ल्याइएको हो ।

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री