बिहीबार, १५ चैत २०८०

हेलिकप्टर दुर्घटनामा राष्ट्रपतिकी बहिनीसहित ६ को मृत्यु

समयपोष्ट २०७४ पुष २ गते ५:३३

होन्डुरसका राष्ट्रपति ओर्लान्डो हर्नान्डेजकी बहिनी हिल्डा हर्नान्डेजसहित ६ जनाको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको छ ।

Advertisement

होन्डुरसको राजधानीनजिकै रहेको पहाडमा दुर्घटनाग्रस्त बनेको रोयटर्सले जनाएको छ ।

हिल्डासहित चारजना सुरक्षाकर्मी र एक जना पाइलट सैन्य हेलिकप्टरमा टेगुसिगाल्पा अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० किलोमिटर टाढा कामायागुवामा रहेको उनको निवासतर्फ उडान भरेका थिए ।

उडान भरे लगत्तै सेनाले विमान हराएको जानकारी दिएको थियो । पछि हेलिकप्टर पहाडमा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनामा हेलिकप्टरमा सवार सबैको मृत्यु भएको छ ।

राष्ट्रपतिको नेसनल पार्टीका प्रमुख रेयनाल्डो सान्चेजले हिल्डालाई ‘पार्टीको अथक योद्धा’ को संज्ञा दिँदै उनको चिर आत्माको शान्तिका लागि प्राथना गरेका छन् ।

यता, गत नोभेम्बर २६ मा भएको राष्ट्रिपति निर्वाचनपछि विवादमा रहेका राष्ट्रपति हुवान ओर्लान्डो हर्नान्डेजले आफ्नो ट्वीटरको अकाउन्टमा कालो रिबन राखेका छन् ।

निर्वाचन आयोगले हर्नान्डेजले ४३ प्रतिशत मन ल्याएको र उनका प्रतिद्वन्द्वी साल्भाडोर नार्सालाले ४१.४ प्रतिशत ल्याएको घोषणा गरे पनि नार्सालाले धाँधली भएको भन्दै नतिजा नमान्ने बताएका छन् । हालसम्म विजेताको घोषणा हुन सकेको छैन ।एजेन्सी

प्रतिक्रिया

सम्बन्धित सामाग्री