बुधबार, १२ वैशाख २०८१

उपत्यकाका यि स्थानमा ‘फ्रि वाईफाई’

समयपोष्ट २०७४ पुष १ गते १६:३५

काठमाडौ महानगरपालिकाले उपत्यकाका केहि स्थानहरुमा फ्रि वाईफाई सेवा सुरु  गरेको छ । महानगरपालिकाले उपत्यकाका ११ वडा कार्यालयमा नि:शुल्क वार्इफार्इ सेवा सुरु गरेको हो । हाल वडा नं ६,७,८,९,११,१२,१३,१६,२१,२६ र ३२ कार्यालयहरुमा फ्रि वार्इफार्इ सेवा सञ्चालनमा आइसकेको छ ।

Advertisement

महानगरले  राष्ट्रिय सभागृह,महानगरको केन्द्रिय कार्यालय सुन्धारा,लगायतका स्थान फ्री वार्इफार्इ जोन’बनार्इसकेको छ । यसैगरी महानगरले सार्वजनिक स्थल,पार्क,धार्मिक सम्पदा लगायतका स्थानहरुमा ‘फ्री वार्इफार्इ जोन’बनाउने योजना समेत अगाडी बढाईसकेको छ ।

बालाजु बार्इसधारा पार्कमा फ्रि वार्इफार्इ राख्नका लागि टेण्डर मूल्यांकन भइरहेको महानगरले जनाएको छ । महानगरका अनुसार हनुमानढोका दरबार  क्षेत्र,वसन्तपुर,बौद्धनाथ,स्वयम्भु, लगायतका स्थानमा फ्री वार्इफार्इ राख्ने प्रक्रिया अघि बढीसकेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री