बिहीबार, १३ वैशाख २०८१

अब केन्द्र र प्रदेशमा कति हुने भए मन्त्रालय ?

समयपोष्ट २०७४ पुष १ गते ८:०४

अधिकारसम्पन्न संघीय प्रशासनिक पुनर्संरचना कार्यान्वयन समितिले  केन्द्रमा १५ वटा र प्रदेशमा बढीमा ७ मन्त्रालय बनाउने सुझावसहितको प्रतिवेदन सरकारलाई  बुझाएको छ ।

Advertisement

साे प्रतिवेदन कार्यान्वयन भएपछि संघीय संरचनामा  ठूलो आकारको मन्त्रिमण्डल हुनेछैन ।

प्रतिवेदनलाई मन्त्रिपरिषद्ले अनुमोदन गरेपछि कार्यान्वयन आउने बताइएको छ ।

केन्द्रको काम नीतिगत र समन्वय गर्ने मात्रै भएकाे र बढी काम प्रदेश र स्थानीय तहमै हुने हुँदा सोही  मन्त्रालय संख्या घटाएकाे समितिका संयोजक काशिराज दाहालले बताए ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री