शुक्रबार, ७ वैशाख २०८१

खिचापोखरीमा आइएमर्इ जनरल इन्स्योरेन्सको २३औं शाखा, अबको दुर्इ महिनामा १६ वटा शाखा कार्यालय खोल्ने तयारी

समयपोष्ट २०७४ मंसिर २९ गते १३:०१

आइएमर्इ जनरल इन्स्योरेन्सले खिचापोखरी न्यूरोडमा २३औं शाखा  खोलेको छ ।

Advertisement

शाखा उद्घाटन बीमा समितिका अध्यक्ष चिरञ्जवी चापागार्इँले छोटो समयमै आफ्नो साख स्थापित गर्न सफल भएकोमा कम्पनीको प्रशंशा गरे।उनले बीमा क्षेत्रले रोजगारी बढाउन महत्वपूर्ण योगदान दिने बताउँदै आफ्नो सम्पत्तिको सुरक्षाका लागि बीमा गर्ने बानी बसाल्न आग्रह गरे।

कम्पनीका अध्यक्ष हेमराज ढकालले बीमा क्षेत्रमा आफ्नो पहिचान स्थापित गराउन देशैभरी शाखा संजाल विस्तार गर्ने बताए। ढकालले कम्पनीको निकट भविष्यमा १० बराबर ८ शेयर अनुपातमा हकप्रद जारी गरेर चुक्ता पूँजी ९७ करोड २० लाख रुपैयाँ पुर्याउने बताए।उनले अबको दुर्इ महिनामा १६ वटा शाखा कार्यालय खोल्ने बताए।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त वादे श्रेष्ठले ग्राहकलार्इ सहज सेवा दिन सार्वजनिक विदामा समेत सेवा दिने गरेको बताए।कम्पनीको प्रधान कार्यालय नक्सालबाट ३ सय ६५ दिने बीमा सेवा दिन थालेको बताए।

प्रतिक्रिया

सम्बन्धित सामाग्री