शुक्रबार, १४ वैशाख २०८१

लुक्लामा भएको गोमा एयर दुर्घटना, कारण चालकको लापर्वाही

समयपोष्ट २०७४ मंसिर २९ गते ११:१७

गत जेठ १३ गते सोलखुम्बुको लुक्लामा भएको गोमा एयर (हाल समिट एयर) को कार्गाे विमान दुर्घटनाको कारण सरकारले आज सार्वजनिक गरेको छ ।

Advertisement

दुर्घटनाका सम्बन्धमा जाँच गर्न नेपाल सरकराद्वारा ५ सदस्यीय दुर्घटना जाँच आयोग गठन गरेको थियो । रत्न मानन्धरको अध्यक्षतामा गठित समितिले सोलुखुम्बुको लेन्जिङ हिलारी विमानस्थल लुक्लामा भएको दुर्घटनाको कारणको बारेमा जानकारी गराइएको छ ।

संस्कृति,पर्यटन तथा नागरिक उड्डयन पर्यटन मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा जाँच आयोगले प्रतिकुल मौसमको कारण दुर्घटना भएको निश्कर्ष निकालेको छ । आयोगले काठमाण्डौबाट लुक्लाको लागि विमान उड्दा पनि मौसमको अवस्था राम्रो नहुँदा क्षण–क्षणमा मौसममा परिवर्तन आइरहेका कारण पाइलटले मौसम सुध्रिने आशामा विमानलाई अगाडि बढाउँदा सो दुर्घटना भएको दाबी गरिएको छ ।

लुक्लामा जडान गरिएको अनलाईन क्यामेराको रिपोर्टलाई उदृत गर्दै आयोगको निश्कर्ष छः ‘विमान अवतरण गर्ने समय भन्दा १३, ८ र ६ मिनेटसम्म मौसत काम चलाउ अवस्थामा थियो भने ५ मिनेटदेखि मौसम बिग्रिएको थियो, तर एयरपोर्ट बन्द गर्नुपर्ने अवस्था भने आइसकेको थिएन् ।’

विमान अवतरण गर्ने २ मिनेट अगाडिदेखि सुरक्षित अवतरण गर्न सक्ने अवस्था नभएको बताउँदै  अवतरणको ६४ सेकेण्ड पहिला को—पाइलटले रनवे देखेपछि ल्याण्डिङ गर्ने तयारी गर्दा हुस्सुले छोपेको र   जाहाज रनवे भन्दा बाहिर ल्याण्ड गर्न खोज्दा दुर्घटना हुन पुगेको निश्कर्ष निकालिएको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री