शुक्रबार, १६ चैत २०८०

आरएसडिसी लघुवित्तको १ लाख ९५ हजार कित्ता सेयर लिलाममा

समयपोष्ट २०७४ मंसिर २९ गते ८:१४

आरएसडिसी लघुवित्त वित्तीय संस्थाले हकप्रदमा नबिकेको सर्वसाधारणतर्फको  सेयर लिलाम मार्फत बिक्री गर्ने भएको छ ।

Advertisement

कम्पनीले हकप्रदमा  नविकेको १ लाख ९५ हजार कित्ता सेयर लिलाम मार्फत बिक्री गर्ने भएको हो ।  बोलकबोलको लागि न्यूनतम १०० रुपैयाँ देखि र  न्यूनतम एक हजार कित्ता आवेदन दिन पाइने धितोपत्र निष्कासन तथा बिक्री प्रवन्धक एनआर्इबिएल क्यापिटलले जनाएको छ।

कम्पनीको सेयरमा  पुस ११ गतेदेखि १८ गतेसम्म बोलपत्र पेश गर्न सकिने छ । एनआर्इबिएल क्यापिटल मार्केट्स लाजिम्पाट, आरएसडिसी लघुवित्तको केन्द्रीय कार्यालय, नेपाल इन्भेष्टमेन्टका शाखा कार्यालयहरु विराटनगर, सुर्खेत, वीरगञ्ज, नेपालगञ्ज, नारायणगढ र धनगढीबाट बोलपत्र पेश गर्न सकिने बिक्री प्रवन्धक एनआर्इबिएल क्यापिटलले जनाएको छ।

कम्पनीले गत असोज २ गतेदेखि कात्तिक २० गतेसम्म चुक्ता पूँजीको दुर्इ सय प्रतिशत हकप्रद निष्काशन गरेको थियो । कम्पनीले २३ लाख कित्ता हकप्रद निष्कासन गर्दा संस्थापकतर्फ एक लाख २ हजार र सर्वसाधारणतर्फ ९३ हजार २७ कित्ता नविकेको हो।

प्रतिक्रिया

सम्बन्धित सामाग्री