शनिबार, ८ वैशाख २०८१

बैंक अफ काठमान्डूको लिलामी सेयरमा आवेदन दिने आज अन्तिम दिन

समयपोष्ट २०७४ मंसिर २९ गते ६:४२

बैंक अफ काठमान्डूको लिलामी सेयरमा आवेदन गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले मंसिर २२ गते देखि ६१ लाख ५८ हजार ६७ कित्ता संस्थापक सेयर लिलामीमा राखेको थियो ।

Advertisement

लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ, नारायणचौर नक्साल तथा बैंक अफ काठमाण्डूको केन्द्रीय कार्यालय कमलपोखरी र यसका अधिकांश शाखा कार्यालयहरुबाट लिलामी सेयरमा आवेदन दिन पाउनेछन् ।

बैंकले संस्थापक र सर्वसाधारणको सेयर अनुपात ५१ ४९ बनाउन संस्थापक सेयर बिक्री गर्न लागेको हो ।  लगानीकर्ताले  न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन् ।

बैंकले धितोपत्र बोर्डसँग फेस भ्यालु एक सय रुपैयाँमा १६६ रुपैयाँ प्रिमियम थपेर न्यूनतम २६६ रुपैयाँमा लिलामी गर्ने अनुमति मागेपनि प्रिमियम मूल्य नराखी एक सय रुपैयाँ फेस भ्यालुमा बोलकबोलमा बिक्री गर्न निर्देशन दिएपछि सोही अनुसार लिलामीमा ल्याएको हो ।

हाल बैंकको चुक्ता पुँजी ५ अर्ब ६२ करोड ९५ लाख ७६ हजार रुपैयाँ छ । लिलामी बिक्रीपछि बैंकको चुक्ता पुँजी ६ अर्ब २४ करोड ५३ लाख ८२ हजार सात सय रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री