शुक्रबार, ७ वैशाख २०८१

हात्तीको आक्रमणबाट मृत्यु भएकाका परिवारलाई सहयोग

समयपोष्ट २०७४ मंसिर २९ गते ६:०६

हात्तीको आक्रमणबाट मृत्यु भएका सप्तरी कञ्चनरुप नगरपालिका–२ की ६५ वर्षीया फुलवादेवी यादवका परिवारलाई बिहीबार रु ५० हजार आर्थिक सहयोग गरिएको छ ।

Advertisement

राष्ट्रिय प्रकृति संरक्षण कोषमार्फत जीविकोपार्जनमा सहयोगका लागि मृत्यु भएकी फुलवा देवीका पति बिलेती तैथवार यादवलाई कोषका कार्यक्रम अधिकृत वीरेन्द्र गौतमले सो रकम प्रदान गरेको स्थानीय राजकुमार पासवानले जानकारी दिए ।

कोशीटप्पु वन्यजन्तु आरक्षका निमित प्रमुख संरक्षण अधिकृत चुमन ठाकुर, बदगामा–जगतपुर मध्यवर्ती क्षेत्र उपभोक्ता समिति अध्यक्ष तथा कोशी टप्पु मध्यवर्ती व्यवस्थापन समितिका पूर्व अध्यक्षसमेत रहेकी रेणु साह र शत्रुभञ्जन गुल्मका गुल्मपतिसमेतको उपस्थितिमा सो रकम हस्तान्तरण गरिएको बताइएको छ ।

मंसिर १२ गते कोशी टप्पु वन्य जन्तु आरक्षबाट निस्केको हात्तीले फुलवादेवी यादवलाई आक्रमण गर्दा उनको मृत्यु भएको थियो । रासस

 

प्रतिक्रिया

सम्बन्धित सामाग्री