बिहीबार, १३ वैशाख २०८१

समानुपातिकतर्फ एमालेको अग्रता कायमै, कुन दलको कति मत ?

समयपोष्ट २०७४ मंसिर २९ गते ०:३०

पहिलो र दोस्रो चरणमा मंसिर १० र २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक निर्वाचन प्रणालीतर्फको हालसम्मको मतगणनामा ८३ हजार मतको अन्तरले नेकपा (एमाले)को अग्रता कायमै रहेको छ ।

Advertisement

निर्वाचन आयोगको सूचना प्रणाली व्यवस्थापन शाखाबाट आज बिहान ६ बजे प्राप्त जानकारीअनुसार, नेकपा (एमाले)ले २९ लाख ४० हजार ४०, नेपाली काँग्रेसले २८ लाख ५७ हजार, नेकपा (माओवादी केन्द्र) ले ११ लाख ८२ हजार तथा संघीय समाजवादी फोरम नेपालले चार लाख १५ हजार मत प्राप्त गरेका छन् ।

राष्ट्रिय जनता पार्टी नेपालले तीन लाख ७७ हजार, विवेकशील साझा पार्टीले एक लाख ९७ हजार र राष्ट्रिय प्रजातन्त्र पार्टीले एक लाख ८८ हजार मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित सामाग्री