शुक्रबार, ७ वैशाख २०८१

सांग्रीलाको ८० प्रतिसत् हकप्रद खुल्यो ,कहिले देखि कहिलेसम्म आवेदन दिन पाईन्छ ?

समयपोष्ट २०७४ मंसिर २८ गते ५:५२

सांग्रीला डेभलपमेन्ट बैंकले ८० प्रतिशत हकप्रद सेयर निश्कासन गर्ने भएको छ ।  बैंकले १० बराबर आठ अनुपातमा एक करोड आठ लाख ६७ हजार ७९८ कित्ता हकप्रद  निश्कासन गर्ने भएको हो । बैंकको हकप्रदमा पुस १७ गतेदेखि माघ २१ गतेसम्म आवेदन बुझाउन सकिने छ ।

Advertisement

बैंकको हकप्रद निष्काशन तथा विक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ । हकप्रदमा  विक्री प्रबन्धकको कार्यालय कमलादी, सांग्रीला डेभलपमेन्ट बैंकको कार्यायल बालुवाटार तथा अन्य सम्पुर्ण शाखा कार्यालयबाट आवेदन गर्न सकिनेछ । प्रभु बैंकको शाखाहरु बनेपा, विराटनगर, वीरगञ्ज,जनकपुर, र दमक शाखाबाट पनि आवेदन गर्न सकिने जनाएको छ ।

बैंकले हकप्रद जारी गर्न मंसिर २७ गते बुधबारदेखि बुक क्लोज गरेकाे थियाे । जस अनुसार मंसिर २६ गते मंगलबारसम्म नेप्सेमा कारोबार भई कायम रहेका बैंकका सेयरधनीले हकप्रदमा आवेदन गर्न पाउनेछन् ।

बैंकले चालु आवको प्रथम त्रैमासमा चार करोड १० लाख ६५ हजार रुपैयाँ खुद नाफा कमाएर प्रतिसेयर आम्दानी बार्षिक १२ रुपैयाँ ०९ पैसा कायम गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित सामाग्री